निजी क्षेत्रले भने–व्यवसायीको मनोबल घट्दा राजश्व संकलन प्रभावित
![निजी क्षेत्रले भने–व्यवसायीको मनोबल घट्दा राजश्व संकलन प्रभावित](https://npcdn.ratopati.com/media/news/revenue_MxijsOQCDt.jpg)
काठमाडौँ । निजी क्षेत्रले निजी क्षेत्रको मनोबल घट्नु र लगानी बढ्न नसक्नुले राजश्व संकलन प्रभावित भएको बताएको छ ।
मंगलवार आन्तरिक राजश्व विभागले आयोजना गरेको व्यवस्थापन गोष्ठीमा बोल्दै निजी क्षेत्रका छाता संगठनका प्रतिनिधिहरुले यस्तो बताएका हुन् । उनीहरुले सरकारले बनाउने नीतिहरु व्यवसायीमैत्री नहुँदा निजी क्षेत्रको मनोबल माथि उठ्न र लगानी बढाउन नसकिएको बताए । उनीहरुले सरकारले अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौती समाधान गर्नसके राजश्व परिचालन सुधार हुने विश्वास रहेको बताए । उनीहरुले सरकारले कर बढाउने भन्दा पनि करको दायरा फराकिलो बनाउन आवश्यक रहेको बताए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले करको दर भन्दा दायरा बढाउनेतर्फ सरकारले ध्यान दिनुपर्ने बताए । उनले अझैपनि ४० प्रतिशत कारोबार अवैध माध्यमबाट भइरहेको बताए । उनले सरकारले नागरिकतासँगै स्थायी लेखा नम्बर पनि वितरण गर्न माग गर्दै चोरी तस्करी नियन्त्रण गर्नसके राजस्व संकलन वृद्धि हुने बताए । उनले राजश्व वृद्धि गर्नको लागि खुद्रा व्यापारीहरुलाई ५० लाखको थ्रेस होल्ड बढाएर १ करोड बनाउन माग गरे । उनले सरकारले कर प्रणालीलाई एकद्वार प्रणालीमा ल्याउनुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्र गम्भीर समस्यामा रहेको भन्दै सरकारले अर्थतन्त्र चलायमान बनाउन काम गर्नुपर्ने बताए । उनले मुलुकको अर्थतन्त्र झनै गम्भीर मोडमा पुगेको बताए । उनले गत आर्थिक वर्षको अवस्था कस्तो छ भन्नेकुरा सबैलाई स्पष्ट रहेको भन्दै चालु आर्थिक वर्षको शुरुवातको अवस्थाको आभास व्यवसायीहरुले पाएको बताए ।
उपाध्यक्ष श्रेष्ठले विगतमा दशैं तिहारमा व्यापार बढाउन एलसी खोल्ने, स्टक बढाउने काम व्यवसायीले गर्ने गरेको भएपनि यो वर्ष अर्थतन्त्र चलायमान हुन्छ र बजारमा माग बढ्छ भन्ने कसैलाई पनि अपेक्षा नभएको बताए । उनले बजारमा आर्थिक गतिविधि नबढ्दासम्म राजश्व संकलन बढ्न नसक्ने उल्लेख गरे ।
त्यस्तै, नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले निजी क्षेत्रको मनोबल घटेको र लगानी गर्ने योजना स्थगित भएकाले राजश्व संकलन प्रभावित भएको बताए । उनले सरकारले आयातमा आधारित राजश्व भन्दा पनि उत्पादनमा आधारित राजश्व संकलन गर्ने विषय प्राथमिकता राख्नुपर्ने आवश्यकता रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महान्यायाधिवक्ता कार्यालयको तीन निर्णय विवादमा
-
कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतिको काम छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
-
ट्रम्प प्रशासनले अवैध आप्रवासीलाई फिर्ता पठाउन किन सैन्य विमान प्रयोग गरिरहेको छ ?
-
संघीयताको लाभ सबैभन्दा धेरै दुर्गम क्षेत्रहरूले लिएका छन् : वर्षमान पुन
-
राष्ट्रिय प्रजातान्त्रिक युवा संघगठनको महाधिवेशन चैतमा
-
सांसदहरूको निचोड : अस्तव्यस्त देखियो, धेरै ठाउँका छोटी भन्सार बन्द गर्नुपर्छ