जानकी मन्दिरबाट हटाइयो मुख्यमन्त्री यादवको ब्यानर

जनकपुरधाम । जानकी मन्दिरको प्रांगणमा रहेको मुख्यमन्त्री सरोजकुमार यादवको ब्यानर युवाहरुले हटाएका छन् ।
प्रांगणमा लगाइएको ब्यानरले मन्दिरको महत्त्व र सौन्दर्यतामा आँच आएको भन्दै उनीहरुले हटाएका हुन् ।
युवा नेता सरोज मिश्रसहितका युवाहरूको समूहले मंगलबार बिहान सो ब्यानर हटाएका छन् ।
उनीहरुले मुख्यमन्त्रीको साथै एउटा मोटरसाइकल कम्पनीले राखेको विज्ञापनको बोर्ड पनि हटाएका हुन् ।
सार्वजनिक महत्त्व, पर्यटन प्रर्वद्वन र जानकी मन्दिरको महत्त्व भन्दा मुख्यमन्त्रीको तस्बिरलाई तामझाम गरी राखिएकोले ब्यानर हटाइएको मिश्रले बताए । जानकी मन्दिरभन्दा ठूलो कोही पनि हुन नसक्ने भन्दै ब्यानर हटाइएको उनले बताए ।
सरोकारवाला निकायहरु लगायत मुख्यमन्त्री, प्रमुख जिल्ला अधिकारी, मेयर लगायतको ध्यानाकर्षण गराउँदा पनि नहटाएपछि बाध्य भएर आफूहरुले हटाएको मिश्रले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकलको ट्यांकीभित्र गाँजा राखेर तस्करी गर्ने नेपाली युवक भारतमा पक्राउ
-
बुधबार सुनको मूल्य बढ्यो
-
आज पनि बजारबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
-
दोस्रो उपाधिको खोजीमा रहेका गुजरात र राजस्थान आपसमा भिड्दै
-
अमेरिका–चीनबिच ट्यारिफ तनावले एसियाली शेयर बजारमा गयो पहिरो
-
वर्ष २०८१ का अकल्पनीय विपद् : जलवायुजन्य सङ्कट गहिरिँदै