कक्षा १२ को नतिजा प्रकाशनबारे निर्णय गर्न बोर्डको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनबारे निर्णय गर्न बोर्डको बैठक बोलाएको छ । दिउँसो साढे ४ बजेका लागि बैठक बोलाइएको हो ।
बैठकको निर्णयपछि नतिजा आज नै प्रकाशन गर्ने तयारी बोर्डको छ । प्राविधिक समस्या नआएको खण्डमा आजै साँझसम्म नतिजा सार्वजनिक गरिनेछ ।
गत वैशाख २६ गतेदेखि जेठ ५ गते सम्पन्न सम्पन्न परीक्षामा चार लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा दिएका थिए । प्राविधिक समस्या आएको खण्डमा भोलिका लागि सर्नेछ ।
बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए । प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरे मात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
गत वर्ष ४९ प्रतिशत विद्यार्थीले मात्र ग्रेडसिट प्राप्त गरेका थिए । लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुईभन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली कागजात बनाएर वन फडानी गर्ने पक्राउ
-
नेपालमा आफ्ना प्रहरी समातिएपछि भारतको गृह मन्त्रालयले जारी गर्यो सर्कुलर
-
कवाडको अवैध निकासीले उद्योगमा कच्चा पदार्थको अभाव
-
विवाद समाधान नहुँदा सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन अन्त्य गर्ने निर्णय
-
ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै
-
पञ्च महाभूत, दिशा र वास्तु