दूतावासमा कुटपिट प्रकरण : कारबाही नभए राजदूत फिर्ताका लागि दबाब दिने पन्तको चेतावनी
काठमाडौं । तीन साता पुगिसक्दा समेत जनप्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धिप्रसाद भण्डारीमाथि कुटपिटमा संलग्नलाई कारबाही नगरिएकोमा माओवादी केन्द्र प्रवासका नेताहरूले आपत्ति जनाएका छन् । उक्त घटनामा संलग्नहरूलाई कारबाही गर्न राजदूत नरेशविक्रम ढकाल अनिच्छुक देखिएको आरोप आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रवासका सह–इन्चार्ज लक्ष्मण पन्तले घटनाको दोषीमाथि कारबाही गर्न राजदूत ढकाललाई पत्र पठाई सक्दासमेत पीडकलाई संरक्षण गर्ने काम गरेको आरोप लगाए ।
‘घटनामा संलग्नलाई कारबाही गर्न राजदूत अनिच्छुक देखिएका छन् । राजदूतले नै पीडकलाई संरक्षण गरेको जस्तो देखियो । घटनामा संलग्न जोसुकै भए पनि तत्काल कारबाही गर्न परराष्ट्रमन्त्री र दूतावासमा पत्र पठाएका छौँ । कारबाही नभए हामी राजदूत फिर्ता बोलाउनका लागि दबाबका कार्यक्रम बाध्य हुनेछौँ’, उनले भने ।
राजदूतको काम पीडकलाई संरक्षण गर्ने नभई दुःखमा परेका प्रवासी नेपालीहरूलाई सहयोग गर्नुरहेको पन्तले बताए ।
यसै गरी घटनामा संलग्नमाथि कारबाही नभए राजदूत फिर्ताका लागि दबाबमूलक कार्यक्रम ल्याउने जनप्रगतिशील मञ्च करताले चेतावनी दिएको छ ।
साउन ९ गते दूतावासमा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समितिमा आबद्ध नेपालीहरूबीच भएको विवाद कुटपिटको तहसम्म पुगेको थियो ।
एनआरएनएमै आबद्ध एक समूहको कुटाइबाट अध्यक्ष भण्डारीको कानको जाली फुटेको थियो । एनआरएनए अभियन्ता शनिकुमार ओली र अर्का एकजना प्रभात त्रिपाठी सामान्य घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेषले सफाइ दिएका दुई मुद्दाको अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन
-
नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटकको आगमन
-
इन्फोडेभलपर्स र वन पोइन्ट फाईनानसियल सर्भिसेजबिच सहकार्य हुने
-
विस्का नखःको चौथो दिन, रथलाई पोखरीमा स्नान गराइयो (तस्बिरहरू)
-
लन्डन म्याराथनमा सहभागी हुन सन्तोषी बेलायत जाने
-
४ हजार जनाको ईसेवा खाताबाट १ करोडभन्दा बढी रकम चोरी गर्ने युवक पक्राउ