कोर्टवा घाइते भएपछि रियलद्वारा केपा अनुबन्ध
मड्रिड । स्पेनिस महारथि रियल मड्रिडले स्पेनका गोलकिपर केपा अरिजाबालागालाई चेल्सीबाट सिजन लामो ऋणमा अनुबन्ध गरेको छ ।
रियलका नम्बर वान गोलकिपर थियाबट कोर्टवा घाइते भएपछि उनको स्थानमा २८ वर्षीय खेलाडीलाई अनुबन्ध गरिएको हो । लिगामेन्टमा चोटका कारण कोर्टवाले सिजनको लामो समय गुमाउनु पर्ने भएको छ ।
सन् २०१८ मा गोलकिपरका लागि कीर्तिमानी ७.१ करोड पाउन्ड खर्चदै चेल्सीले केपालाई एथ्लेटिक बिल्बाओबाट अनुबन्ध गरेको थियो । त्यस यता उनले क्लबका लागि १६३ खेल खेलेका छन् ।
तर, यो सिजन चेल्सीले रोबर्ट सान्चेजलाई भित्र्याएपछि उनको स्थान धरापमा परेको थियो । ब्राइटनबाट २.५ करोड पाउन्डमा भित्रिएका सान्चेजलाई आइतबार प्रिमियर लिगमा लिभरपुलविरुद्धको खेलमा सुरुवात गराइएको थियो ।
यसअघि चेल्सीले सेनेगलका गोलकिपर एडवार्ड मेन्डीलाई साउदी प्रो–लिग क्लब अल–अहलीलाई बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले लुम्बिनीका सांसद पार्टी सदस्यबाट निलम्बन
-
माग पूरा नभएसम्म हडताल गर्ने पीटीआईको घोषणा
-
दलतन्त्रको अन्त्यका लागि आन्दोलनलाई सशक्त बनाउने आजपाको निर्णय
-
संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन गर्न भुषालको संयोजकत्वमा उपसमिति गठन
-
नियमन आयोगको प्राधिकरणलाई निर्देशन– बक्यौता उठाउनू, अरू निर्णय यथास्थितिमा राख्नू
-
सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु