२,३२२ जना परीक्षार्थीको नाम छात्रवृत्तिका लागि म्याचिङ् लिष्टमा, भर्नाको पहिलो सूची प्रकाशन
काठमाडौँ । कक्षा ११ मा अध्ययनका लागि छात्रवृत्ति पाउने २ हजार ३२२ जना परीक्षार्थीको नाम छात्रवृत्तिका लागि म्याचिङ् लिष्ट, भर्नाको पहिलो सूचीमा सार्वजनिक भएको छ । आज काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले वेभसाइटमा सूची सार्वजनिक गरेको हो ।
छात्रवृत्तिका लागि साउन २० गते परीक्षा सञ्चालन गरेर त्यसै दिन प्रारम्भिक नतिजा प्रकाशन गरिएको थियो । छात्रवृत्तिका लागि आवेदन दिनेमध्ये ६ हजार १७ जनाको आवेदन स्वीकृत भएको थियो । प्रवेश परीक्षामा ५ हजार १६२ जना विद्यार्थी सहभागी भएका थिए । उनीहरुमध्ये ३ हजार ३१ जना छात्र र १ हजार ५१९ जना छात्रा गरी ४ हजार ५५० जनाको नाम प्रारम्भिक नतिजाको एकमुष्ठ योग्यता क्रममा प्रकाशित गरिएको थियो ।
त्यसपछिका २ दिन (साउन २१ र २२) गते पुनर्योगका लागि समय दिइएको थियो । यसमा ५४ जना परीक्षार्थीले निवेदन दिएका थिए । आज प्रकाशन गरिएको म्याचिङ् लिष्टमा विज्ञान विषयका लागि १ हजार ४५२ जना, व्यवस्थापन विषयका लागि ७४५ जना, कानुनमा लागि ४३ जना, मानविकीका लागि ४ जना, शिक्षाका लागि ५ जना, सिभिल इञ्जिनियरिङ्का लागि ४९ जना, कम्प्युटरका लागि १८ जना, इलेक्ट्रिकलका लागि ११ जनाको नाम समावेश छ ।
यीमध्ये प्राविधिक धार (सिभिल इञ्जिनियरिङ्, कम्प्युटर, इलेक्ट्रिकल) का विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई सामुदायिक विद्यालयमा भर्ना गराइनेछ । कम्प्युटर विषयमा १८ जना (शिवपुरी मा.वि., महाराजगञ्ज ८ जना र सरस्वती निकेतन मा. वि., ब्रह्मटोल (कम्प्युटर १० जना), सिभिल इञ्जिनियरिङ्मा ४९ जना (ज्ञानोदय सेकेण्डरी स्कूल, बाफल १२ जना, पद्मकन्या मा. वि., डिल्लीबजार २० जना र महेन्द्र राष्ट्रिय मा.वि., बालुवाटार, १७ जना) र इलेक्ट्रिकल ११ (विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वर) जनाले भर्ना पाउनेछन् ।
साउन २७ गतेसम्म प्राथमिकता निर्धारण गर्न विद्यार्थीहरुलाई दिइएको समय र त्यस अवधिमा विद्यार्थीहरुले अनलाइनमार्फत छानेका विषय तथा शिक्षण संस्थाका आधारमा भर्ना हुनका लागि शिक्षण संस्थाहरु पनि शिफारिस गरिएका छन् ।
प्रकाशित सूचीमा शिक्षण संस्थाको नाम, वडा नं., अध्ययन गर्ने कार्यक्रमको नाम, विद्यार्थीको नाम, परीक्षाको रोल नं., श्रेणी (र्याङ्क), प्राथमिकता आदेश (प्राइरोटी आर्डर) समावेश गरिएको छ ।
यसैगरी क्याटागोरीअन्तर्गत आरक्षण सम्बन्धी विवरण समावेश गरिएको छ । छात्रवृत्ति वितरण गर्दा सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ४०%, संस्थागत विद्यालयबाट छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई ५%, काठमाडौँ महानगरपालिका भित्र स्थायी बसोबास भएका सबै विद्यार्थीका लागि ९%, ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि १ प्रतिशत छात्रवृत्ति उपलब्ध गराइएको छ ।
बाँकी रहेको ४५ प्रतिशत सिटलाई शतप्रतिशत मानेर सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीको हकमा लागू हुने गरी छात्रालाई ३३%, आदिबासी र जनजातिलाई १५%, मधेसीलाई १२%, खसआर्यलाई १७% आरक्षण छात्रवृत्ति सिट उपलब्ध गराइएको छ ।
दलितलाई ९%, मुस्लिमलाई २%, थारुलाई ४%, अपाङ्गता भएको व्यक्तिलाई २%, पिछडिएको क्षेत्रका व्यक्तिलाई ४%, सहिद र वेपत्ता पारिएका नागरिकका परिवार र द्वन्द्व पीडित नागरिकका परिवारलाई २% छात्रवृत्ति प्रदान गरिएको छ । यसलाई क्याटागोरी शीर्षकमा उल्लेख गरिएको छ ।
आर्थिक अभावका कारण कोही पनि विद्यार्थीले माध्यमिक तहसम्मको शैक्षिक अवसरबाट बञ्चित हुनु नपरोस् भन्ने उद्देश्य राखेर छात्रवृत्ति प्रदान गर्ने प्रणालीलाई संस्थागत गरिएको हो । नतिजा प्रकाशनपछिको संक्षिप्त प्रतिक्रियामा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, परीक्षालाई मर्यादित, निष्पक्ष र सन्तुलित बनाउन प्रविधिमा आधारित परीक्षा र नतिजा प्रकाशन गरिएको बताए ।
पहिलो सूचीमा नाम उल्लेख भएका विद्यार्थीहरुले भदौ १ गतेभित्र तोकिएको विद्यालयमा गएर भर्ना भइसक्नु पर्नेछ । यसअवधिमा भर्ना नभए अरु विद्यार्थीलाई भर्ना हुने अवसर दिइनेछ । यस सूचीमा पहिलो लिष्टमा ननम भएका तर भर्ना नभएका विद्यार्थीको नाम स्वतः हट्नेछ ।
भर्ना प्रणालीका विषयमा जानकारी दिँदै शिक्षा अधिकारी सीताराम कोइरालाले भने, ‘शिक्षा कानुनजस्ता विषयमा कोटामा पुग्ने गरी पनि विद्यार्थीहरुको आवेदन परेन । विज्ञान विषयमा अत्याधिक चाप भयो ।’
प्राविधिक विषय अध्ययन गराउने ६ वटा सामुदायिक विद्यालयसँगै छात्रवृत्ति उपलब्ध गराउने विद्यालयको संख्या १७७ छ ।
लिष्टमा नाम रहेका विद्यार्थीहरुले http://entrance.kathmandu.gov.np/मा गएर check your status मा थिचेपछि देखिने पेजमा मागेको विवरण भर्नुपर्छ । विवरण भरेपछि शिफारिस हुनुभएका विद्यालयहरुको नाम देख्न सक्नुहुनेछ ।
यस प्रक्रियामा कुनै अन्यौलता भए ९८४१३८६९४९ फोन नम्बरमा यमलाल चौलागाईँलाई यसैगरी ९८४१३७६६१८ मा खगराज जोशीलाई, ९८४१३५४१२४ मा डा. शर्मिला पोखरेललाई, ९८५१०६६६१७ इन्द्रप्रसाद दाहाललाई र ९८५११९९९४५ नेत्रनारायण पौडेललाई सम्पर्क गर्न विभागले सम्पर्क अधिकारीको नाम सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणलाई अल्झाउन समितिमाथि समिति बनाउँदै सरकार
-
इटालीयन ‘सिरी-ए’मा लेस्सी जित्यो, एम्पोली र यूडिनिजको खेल बराबरी
-
न्युक्यासलको प्रदर्शनमा धक्का, वेष्टह्यामसँग नसोचेको हार
-
सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला
-
यी तीन गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर