नेपालमा उत्पादन भएको गोलभेँडा भारतमा निर्यात हुन थाल्यो
सोमबार, २९ साउन २०८०, २२ : ३३
_FqsdjK6J67.jpg)
काठमाडौँ । कृषि मन्त्रालयले नेपालमा उत्पादन भएको गोलभेँडा भारतमा निर्यात हुन थालेको जनाएको छ । साउन २८ गते सम्ममा काँकडभित्ता र भैरहवा नाकाबाट गरी करिब ३० मेट्रिक टन गोलभेँडा निर्यात भएको छ ।
गोलभेँडा, हरियो मटरकोसा, हरियो खुर्सानीलगायत तरकारी बालीलाई भारतको प्लान्ट क्वारेन्टाइन अर्डर सूचीमा समावेश गरी निकासलाई सहजीकरण गर्न नेपालबाट पटक पटक अनुरोध गर्दै आएको थियो ।
भारतले सर्तसहित निश्चित समयलाई आयात खुला गरेको भन्ने जानकारीअनुसार भारत निकासी हुन सुरु भएको मन्त्रालयले जनाएको छ । यसलाई निरन्तरता दिन थप पहल हुन सकेमा व्यापार घाटा कम हुने तथा बजार विस्तार भई कृषकले समेत राम्रो मूल्य पाउने सम्भावना रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगताका लागि १२ खेलाडी चयन
-
सोमबार कुन राशिका लागि शुभ ?
-
'कठै कर्णाली' : शैक्षिक सत्र सुरु हुनै लाग्दा गोदाममै थन्किए किताब
-
पश्चिमी र स्थानीय वायुको प्रभाव : यी प्रदेशमा वर्षाको सम्भावना
-
युभेन्ट्स बराबरीमा रोकिंदा एटलान्टा पराजित
-
सोमबार आजका लागि यस्तो छ विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?