शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तीन नम्बर प्रदेशका मुख्य न्यायधिवक्ताले लिए शपथ

बिहीबार, ०८ चैत २०७४, १३ : २३
बिहीबार, ०८ चैत २०७४

हेटौँडा– पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले प्रदेश नं ३ का सरकारको नवनियुक्त मुख्य न्यायधिवक्ता सूर्यचन्द्र न्यौपानेलाई आज यहाँ एक कार्यक्रममा पद तथा गोपनियताको शपथ गराएका छन् । 
सो शपथ ग्रहण समारोहमा प्रदेश नं ३ प्रमुख अनुराधा कोइराला, मुख्यमन्त्री डोरमणि पौडेल र सभामुख सानुकुमार श्रेष्ठ सहभागी रहेका थिए । 

मुख्यमन्त्री पौडेलले ६८ वर्षीय कानून व्यवसायी सूर्यचन्द्र न्यौपानेलाई गत फागुन २३ गते प्रदेश सभाको मुख्य न्यायधिवक्तामा नियुक्ति गर्नुभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रेश्मीराज पाण्डेले जानकारी दिए । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप