मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार

सोमबार, २९ साउन २०८०, २० : ५६
सोमबार, २९ साउन २०८०

आज २०८० साउन २९ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा ‘ब्रेक प्याड’बाट बल्ल निकालियो सुन, सरकारलाई १२ वटा काम गर्न कांग्रेसको सुझाव, सुन तस्करी छानबिन दबाब र प्रभाव भइरहेको एमालेको आरोप, माओवादी केन्द्रका नेताहरुको कार्यविभाजन, सामान्य प्रशासन मन्त्रालयबाट मोदीको बिदाइसँगै अनिताको पदबहाली, ललिता निवास जग्गा प्रकरणको छानबिनमा सघाउन तयार रहेको माधव नेपालको प्रस्टोक्ति, प्रतिनिधिसभा बैठक सोमबार पनि एमालेद्वारा अवरुद्ध, सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ लगायत छन् ।

१. ‘ब्रेक प्याड’बाट बल्ल निकालियो सुन
राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट बाहिरिएको अवस्थामा बरामद गरेको सुन सोमबार ‘ब्रेक प्याड’ बाट निकालेर तौल गरिएको छ । बरामद भएको सुन करिब सय किलो भनिँदै आए पनि सोमबार ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्र सुन रहेको पाइएको हो ।

२. सरकारलाई १२ वटा काम गर्न कांग्रेसको सुझाव
नेपाली कांग्रेस संसदीय दलको बैठकले सरकारलाई नागरिकको जनजीविकासँग सम्बन्धित तथा प्रत्यक्ष सरोकार राख्ने विभिन्न १२ काम गर्न सुझाव दिएको छ । शुक्रबारदेखि सुरु भएको कांग्रेस संसदीय दलको बैठक सोमबार सम्पन्न भएको हो ।

३. सुन तस्करी छानबिन दबाब र प्रभाव भइरहेको एमालेको आरोप
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन तस्करीको छानबिन दबाब र प्रभावमा भइरहेको टिप्पणी गरेको छ । सोमबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले सुन तस्करीबारे उच्चस्तरीय छानबिन आयोग बनाउनुको विकल्प नरहेको पनि प्रस्ट पारेको छ ।

४. माओवादी केन्द्रका नेताहरुको कार्यविभाजन
नेकपा माओवादी केन्द्रले नेताहरुको कार्यविभाजनसहितको सर्कुलर मातहतका कमिटीलाई पठाएको छ । साउन १७ देखि २१ गतेसम्म बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार केन्द्रीय कार्यालयले सोमबार माहतका कमिटीलाई सर्कुलर पठाएको हो ।

५. सामान्य प्रशासन मन्त्रालयबाट मोदीको बिदाइसँगै अनिताको पदबहाली
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट निवर्तमान मन्त्री अमनलाल मोदी सोमबार बिदा भएका छन् । उनको बिदाइसँगै नवनियुक्त मन्त्री अनिता देवी साहले पदबहाली गरेकी छन् । साहले सोमबार नै पद तथा गोपनीयताको शपथ लिएकी हुन् । 

६. ललिता निवास जग्गा प्रकरणको छानबिनमा सघाउन तयार रहेको माधव नेपालको प्रस्टोक्ति
युरोप भ्रमण छोट्याएर सोमबार नेपाल फर्किएका पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणको छानबिनमा सहयोग गर्न आफू तयार रहेको बताएका छन् । उनले आफूले जग्गा प्रकरणमा कुनै गल्ती नगरेको पनि बताए ।

७. प्रतिनिधिसभा बैठक सोमबार पनि एमालेद्वारा अवरुद्ध
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पनि एमालेले अवरोध जारी राखेको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोगको माग गर्दै एमालेले पछिल्लो समय लगातार संसद अवरुद्ध गर्दै आएको छ । 

८. सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सिटिजन्स बैंकका ६ जना कर्मचारी पक्राउ परेका छन् । बैंकका विभिन्न शाखामा कार्यरत कर्मचारीलाई नक्कली प्रमाणपत्रको आधारमा जागिर खाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोद ढुंगेलले जानकारी दिए ।  जततउकस्ररधधध।चबतयउबतष्।अयmरकतयचथरघठढद्दटठरबचचभकत

९. पृथ्वीनारायण शाहको शालिक पुनः स्थापनाको माग गर्दै प्रदर्शन
पोखराको पृथ्वी चोकमा पृथ्वीनारायण शाहको शालिक पुनः स्थापना गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको छ । सोमबार नागरिकको तर्फबाट माइतीघर मण्डलामा भेला भई पोखरास्थित पृथ्वी चोकमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक पुनःस्थापनाका लागि दबाब दिइएको हो ।

१०. राप्रपाभित्र अविश्वास बढ्दै
शीर्ष तहकै केही नेताहरूको गतिविधिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र अविश्वासको अवस्था देखिएको छ । असार २९ र साउन २७ मा लगातार राप्रपाका संस्थापक अध्यक्ष लोकेन्द्रबहादुर चन्दको निवास तथा अन्य स्थानमा पनि छुट्टाछुट्टै बैठक हुन थालेपछि पार्टीभित्र अविश्वासको अवस्था देखिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप