गठबन्धन बैठक : पूर्वसभामुख महराबारे छलफल, गृहमन्त्री श्रेष्ठले भने– फोनका आधारमा दोषी करार गर्न सकिँदैन
सोमबार, २९ साउन २०८०, २० : २१
२

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठकमा पूर्वसभामुख कृष्णबहादुर महराको नाम जोडिएको प्रशंगमा छलफल भएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा पूर्वसभामुख महराको नाम जोडिएको सुन तस्करी प्रकरणबारे पनि छलफल भएको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए ।
उनका अनुसार बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले फोनलाई मात्रै आधार मानेर दोषी करार गर्न नसकिने बताएका थिए । बैठकमा गृहमन्त्री श्रेष्ठले बाँकी अनुसन्धान जारी रहेको बताएको उपाध्यक्ष पाण्डेले जानकारी दिए ।
उपाध्यक्ष पाण्डेले भने,‘ पूर्वसभामुखको पनि नाम जोडियो के हो ? भनेर कुरा राख्यौँ । जसमा गृहमन्त्रीले अनुसन्धानको क्रममा रहेको र फोनकै आधारमा दोषी हो भन्न नसकिने कुरा गर्नुभएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
ड्रोन दर्ता शुल्कमा अत्यधिक वृद्धि गरिएकोमा विमान संघको ध्यानाकर्षण
-
२०८१ को अन्तिम सूर्यास्त [तस्बिरहरु]
-
नयाँ वर्षको अवसरमा भूतपूर्व राजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देशको पूर्णपाठ
-
सल्यानमा चट्याङ लागेर बालिकाको मृत्यु
-
निलम्बित न्यायाधीश भुवन गिरीले पाए सफाइ
-
पुनरुत्थानवादीलाई मसानघाटमा पुर्याउन पछि पर्दैनौँ : लक्ष्मण पन्त