बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी

काठमाडौँ । बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी छ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाएका हुन् ।
बैठकमा प्रधानमन्त्री प्रचण्डसहित माओवादी केन्द्रका शीर्ष नेता, काँग्रेसका सभापति शेरबहादुर देउवासहित अन्य नेता तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर लगायत शीर्ष नेताहरू सहभागी छन् ।
बैठकमा तस्करीको सुन प्रकरणलाई लिएर भइरहेको संसद् अवरोध, भ्रष्टाचारका फाइल खोलेपछि गठबन्धन दलमा बढेको आशङ्का, ललिता निवास जग्गा प्रकरणलगायतका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
ललिता निवास प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाल समाजवादी पार्टी अध्यक्ष बाबुराम भट्टराईको नाम पनि जोडिएको छ । आफ्नो नाम जोडिएपछि नेता नेपाल आजै युरोप भ्रमणलाई छोट्याएर नेपाल फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम