मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘इलेक्ट्रिोनिक कम्युनिकेशन एण्ड इन्फरमेशन’ विषय त्रिवि काउन्सिलबाट अनुमोदन

सोमबार, २९ साउन २०८०, १७ : ५८
सोमबार, २९ साउन २०८०

काठमाडौँ । ‘इलेक्ट्रिोनिक कम्युनिकेशन एण्ड इन्फरमेशन’ विषयलाई त्रिभुवन विश्वविद्यालयको शैक्षिक परिषद् (एकेडेमिक काउन्सिल) ले अनुमोदन गरेको छ । पढाई सुरू भएको लामो समय वितिसक्दा पनि परिषदबाट अनुमोदन नभएपछि विद्यार्थीहरूले शैक्षिक प्रमाणपत्र पाउन सकेका थिएनन् ।
साउन २४ गते बसेको त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले उक्त कार्यक्रमको ट्रान्सकृप्टको ढाँचा अनुमोदन गरेको हो ।

सन् २०१८ बाट त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत उक्त शैक्षिक कार्यक्रम सञ्चालनमा आएको थियो । तर, परिषद्ले कोर्ष अनुमोदन नगर्दा परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक प्रमाणपत्र दिन अस्वीकार गर्दै आएको थियो । जसले गर्दा सन् २०२३ मा पासआउट भएका झण्डै ५०० विद्यार्थीले शैक्षिक प्रमाणपत्र पाउन सकेका थिएनन् ।

परिषद्ले निर्णय गरेसँगै पनिकालाई पत्राचार गरेर उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको थियो ।

अब विद्यार्थीहरूले सहजै उक्त विषयको शैक्षिक प्रमाणपत्रहरू पाउनेछन् । यो विषयमा रातोपाटीले साउन २५ गते ‘काउन्सिलबाट अनुमोदन नै नभएको विषय पढाउँदै त्रिविका इन्जिनियरिङ कलेज १’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले काउन्सिलले कोर्ष र पाठ्यक्रम पास गरेपनि अनुमोदन नगरेको हुनसक्ने बताएका थिए । डीनको कार्यालयबाट सिफारिस भएर आएको खण्डमा तत्काल उक्त विषय अनुमोदन हुने बताएका थिए ।

थापाथाली इन्जिनियरिङ कलेजबाट उक्त विषय पढेर शैक्षिक प्रमाणपत्र नपाएका शिवरञ्जन गुप्ताले अब शैक्षिक प्रमाणपत्र पाउने बाटो खुलेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप