नेयमार पीएजसी छाडेर अल–हिलाल जाने

पेरिस । पेरिस सेन्ट जर्मेनले साउदी प्रो लिग क्लब अल–हिलालसँग ब्राजिलका फरवार्ड नेयमारलाई बिक्री गर्ने सम्झौता गरेको छ । करिब ९ करोड युरोमा पीएसजीले नेयमारलाई बिक्री गर्न सहमत भएको बताइएको छ ।
३१ वर्षीय खेलाडीले मेडिकल र आवश्यक कागजात पुरा गरेपछि यो प्रक्रिया टुंगिनेछ । नेयमार सन् २०१७ मा विश्व कीर्तिमानी २२.२ करोड युरोमा पीएसजी पुगेका थिए । तर, आइतबार लिग वानको पहिलो खेलमा उनी टोलीमा समावेश थिएनन् ।
नयाँ प्रशिक्षक लुइस एनरिकेको योजनामा नेयमारलाई राखिएको छ । अब पीएसजीले हाई प्रोफाइल खेलाडीलाई मोटो रकममा खरिद गर्ने ‘ग्यालेक्टिको’ चरणबाट अघि बढ्ने तयारी गरेको छ ।
नेयमारले हाल पीएसजीमा वार्षिक रुपमा २.५ करोड युरो कमाई गरिरहेको बताइएको छ । उनले पीएसजीका लागि १७३ खेल खेल्दै क्लबलाई १३ वटा उपाधि दिलाउन सहयोग गरेका थिए । जसमा ५ लिग वानको उपाधि सामेल छ ।
उनले सन् २०२० मा टोलीलाई च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याए पनि चोटका कारण उनले क्लबमा शत प्रतिशत दिन सकेका थिएनन् ।
किलियान एम्बाप्पेमा टोलीको प्रशिक्षणमा समावेश गरेको समाचार आएको २४ घण्टा नबित्दै नेयमारलाई बेच्ने सहमति गरिएको समाचार आएको हो । यसअघि अल–हिलालले एम्बाप्पेलाई खरिद गर्न विश्व कीर्तिमानी २५.९ करोड पाउन्डको अफर पीएसजीसामु राखेको थियो ।
पीएसजीले यसमा सहमति जनाए पनि एम्बाप्पे यसका लागि तयार भएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)