सनी–अमिषाको फिल्म ‘गदर–२’ ले पहिलो तीन दिनमा कति कमायो ?

बलिउड अभिनेता सनी देओल तथा अभिनेत्री अमिषा पटेल फिल्म गदर–२ बाट निकै लामो समयपछि पर्दामा शानदार फिर्ती गरेका छन् । गदर–२ फिल्म अगस्ट ११ मा रिलिज भएको हो । रिलिज भएदेखि नै फिल्मले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ ।
सोसल मिडियामा सेयर गरिएको भिडियोमा गदर–२ हेर्नका लागि दर्शकको भीड सिनेमाघरमा जुटिरहेको देख्न सकिन्छ । रिलिज भएको तीन दिनमा फिल्मले राम्रो कमाई गरिरहेको छ ।
फिल्म समीक्षक तरन आदर्शले ट्विट गरेर फिल्मले सुरुवाती तीन दिनमा करिब १३४ करोड भारु कमाएको जानकारी दिएका छन् । फिल्मले शुक्रवार ४०, शनिवार ४३ र आइतबार लगभग ५१ करोड भारु कमाएको छ ।
गदर फिल्म सन् २००१ मा रिलिज भएको थियो । त्यति बेला पनि फिल्मले शानदार प्रदर्शन गरेको थियो ।
गदर–२ फिल्मका निर्देशक अनिल शर्मा हुन् र फिल्ममा सनी देओल र अमिषा पटेलबाहेक उत्कर्ष शर्माको पनि अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्र आउनुमा ‘राजा ज्ञानेन्द्रको भूमिका’
-
सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा गयो : प्रचण्ड
-
‘जब गिरिजाबाबु र शेरबहादुरजी ‘बेबी किङ’प्रति सफ्ट हुनुभयो’
-
२०६३ वैशाख ११ गते सम्बोधनमा के भनेका थिए ज्ञानेन्द्र शाहले ?
-
ओभरटेक गर्ने क्रममा बस दुर्घटना, १३ जना घाइते
-
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दै