एनआईसी एशिया लघुवित्तको खुद नाफा ३० करोड रुपैयाँ
काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कर्जाको विस्तारलाई भन्दा कर्जाको गुणस्तरलाई प्राथमिकतामा राखेको यस संस्थाले चौथो त्रैमास सम्ममा कूल लघुकर्जा रु. १८ अर्ब ४५ करोड ६६ लाख पुर्याएको जनाएको हो । प्रति शेयर आम्दानी रु.१७.२५ सहित यस आर्थिक वर्षमा रु.३० करोड खुद मुनाफा आर्जन गर्न सफल भएको कम्पनीको भनाई छ ।
यसै गरी आर्थिक वर्ष २०७९/८० मा स्व–पुँजीमा प्रतिफल वार्षिक १२.०२% रहेको छ । तरलता अभावको यस विषम परिस्थितिमा समेत वित्तीय संस्थाले बचत परिचालन तर्फ भने रु.२ अर्ब २३ करोड १८ लाख पुर्याउन सफल भएको छ । त्यसै गरी वित्तीय संस्थाले कर्जा असुलीमा प्रभावकारी रूपमा आफ्नो स्रोत तथा साधनको परिचालन गरी उत्साहजनक नतिजा हासिल गर्दै निष्क्रिय कर्जालाई ४.६४% मा सीमित राख्न सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हमासलाई नेतन्याहूको चेतावनी-शनिबारसम्म थप बन्धक रिहा नगरे युद्धविराम समाप्त
-
माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानलाई सरकारद्वारा वार्ताको लागि आह्वान
-
१२ बजे, १२ समाचार : पूर्व राष्ट्रपति भण्डारीलाई बाटो खुल्योदेखि बागमतीका ८ सहकारीको छानविनमा सीआईबीलाई निम्तोसम्म
-
रुकुम पूर्वमा तीन जनाको शव फेला
-
१० बजे १० समाचार : विद्यालाई बाटो खुला, बलात्कार आरोपीलाई उन्मुक्ति
-
ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ