पृथ्वीनारायण शाहको शालिक पुनः स्थापना गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन, तस्बिरहरु

काठमाडौँ । पोखराको पृथ्वी चोकमा पृथ्वीनारायण शाहको शालिक पुनः स्थापना गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको छ । सोमबार नागरिकको तर्फबाट माइतीघर मण्डलामा भेला भई पोखरास्थित पृथ्वी चोकमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक पुनःस्थापनाका लागि दबाब दिइएको हो ।
पोखरा महानगरपालिकाले पोखराको पृथ्वी चोकमा रहेको पृथ्वीनारायण शाहको शालिक हटाएको थियो । बुधबार एक समूहले सडकमा फालेको पृथ्वीनारायण शाहको प्रतिमा बिहीबार राप्रपाका युवालगायतले पुनःस्थापना गरेका थिए । पुनः शुक्रबार महानगरले हटाएको शालिक पोखरा लगायतका स्थानमा नागरिकहरुले पुनः स्थापनाको माग गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको विरोध गरेका छन् ।
प्रदर्शनकारीहरुले शालिक चोर देश छोड, इतिहास मेट्न पाइँदैन, सर्वपक्षीय निर्णयको नाटक मञ्चन गर्न पाइँदैन, राष्ट्रिय एकतामा खलल पुर्याउने काम बन्द गर, शहीद लखन थापाको शालिक ससम्मान स्थानान्तरण गर लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका थिए ।
विरोधका क्रममा प्रदर्शनकारीले पुत्ला दहन गर्ने प्रयास गरेपछि प्रहरीसँग घम्साघम्सीसमेत परेकाे थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
पूर्वी युक्रेनमा रुसी हमला : ५ जनाको मृत्यु
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)
-
जहाँ रातभर उभिएर बत्ती बालिन्छ, यस्तो छ धार्मिक विश्वास
-
बाटो खन्ने क्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु
-
सुजाता नेतृत्वको कांग्रेस प्रतिनिधिमण्डलद्वारा चिनियाँ नेताहरूसँग छलफल
-
एनआरएनए उच्चस्तरीय समितिको बैठक आह्वान