चिनियाँ तस्करका ३ जना महिला सहयोगी सीआईबीको नियन्त्रणमा
काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको करिब १ सय किलो सुनबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’ले अनुसन्धान गरिरहेको छ । हङकङकबाट क्याथे प्यासिफिकको उडानमार्फत ‘रेडी ट्रेड प्रालि’ले काठमाडौँमा ल्याएको सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो ।
सुन तस्करीमा चिनियाँ नागरिक संलग्न रहेको ब्यूरोको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिकका सहयोगी ३ जना महिलालाई सीआईबीले पक्राउ गरेको छ । शुक्रबार पक्राउ गरिएका ३ महिलामध्ये एक जना चिनियाँ र दुई जना नेपाली छन् ।
तस्करीमा संलग्न चिनियाँ नागरिकलाई सहयोग गरेको भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए । एसपी संजयसिंह थापा नेतृत्वको टोलीले उनीहरूसँग सोधपुछ गरिरहेको छ ।
तस्करीमा संलग्न चिनियाँसम्म पुग्ने सूत्रका रूपमा ती महिलाहरूको सहयोग लिनुपर्ने भन्दै ब्यूरोका अधिकारीहरूले उनीहरूको परिचय गोप्य राखेका छन् । अनुसन्धानको क्रममा ‘लिंक’मा देखिएकाहरूलाई बोलाएर सोधपुछ गर्ने कुरा सामान्य भएको प्रहरी प्रवक्ता ‘डीआईजी’ कुबेर कडायतले बताए ।
रातोपाटीसँग कुरा गर्दै कडायलते भने, ‘शंकास्पदहरुलाई ल्याउने र सोधपुछ गर्ने काम भइरहन्छ ।’
अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार ती ३ जना महिला चिनियाँ तस्करसँग निकट सम्बन्धमा रहेको पाइएको छ । तस्करले उनीहरूलाई हङकङ र दुबईबाट सुन ल्याएपछि नेपालमा स्वरूप परिवर्तन गरेर भारत पठाउने काममा परिचालन गरेको अनुसन्धानबाट थाहा भएको छ ।
सुन तस्करीमा संलग्न आरोपमा तिब्बत मूलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वाङ लिन, तिब्बत मूलका बेल्जियन नागरिक दावा छिरिङ सहित १७ जना हिरासतमाा छन् । जीक्वान लिनसँगै लाजिम्पाटस्थित डेरामा अरु दुई जना चिनियाँ बस्थे । प्रहरीले ती दुई जना चिनियाँलाई पनि खोजिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल
-
सामाजिक सञ्जालबाट यौन दुर्व्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ
-
बैतडीमा आगलागीबाट सात लाख बढीको क्षति