प्रशिक्षणमा फर्किए एम्बाप्पे, करार नवीकरण गर्न सक्ने

काठमाडौँ । पेरिस सेन्ट जर्मेनका फरवार्ड किलियान एम्बाप्पे टोलीसँग प्रशिक्षणमा फर्किएका छन् । योसँगै उनी यो सिजन क्लबमा नै रहने अनुमान गरिएको छ । २४ वर्षीय फ्रान्सका फरवार्डले सिनियर टोलीसँग प्रशिक्षण गरिरहेका थिएनन् भने शनिबार लोरिएन्टविरुद्धको खेलमा उनलाई टोलीमा समावेश गरिएको थिएन । उनी र हालै बार्सिलोनाबाट पीएसजी आइपुगेका ओसमान डेम्बेलेले स्ट्यान्डबाट नै खेल हेरेका थिए ।
रियल मड्रिड जाने सोच बनाएका एम्बाप्पे र क्लबबीच करारको विषयमा विवाद रहँदै आएको थियो । तर, अब भने उनले करार नविकरण गर्न सक्ने बताइएको छ । ‘सकारात्मक’ छलफलपछि एम्बाप्पेलाई पुनः टोलीमा समावेश गरिएको पीएसजीले जनाएको छ । पीएसजीसँग एम्बाप्पेको एक वर्षको करार बाँकी छ । तर, अहिलेसम्म उनले करार नविकरण गर्न अस्वीकार गर्दै आइरहेका थिए । यसबाट रुष्ट बनेको पीएसजीले उनलाई बेच्ने तयारी गरेको थियो ।
गत महिना साउदी अरबको टोली अल–हिलालले विश्व कीर्तिमानी २५.९ करोड करोड पाउन्डको प्रस्ताव ल्याएपछि क्लबले उनीसँग कुरा गर्न लागि हिलाललाई अनुमति दिएको थियो । पीएसजीका अध्यक्ष नासेल अल–खेलाफीले स्ट्राइकरलाई सित्तैमा कुनै पनि हालतमा जान नदिने बताउँदै आएका छन् । पछिल्लो १२ घण्टाको छलफलपछि एम्बाप्पेले एक वर्षको करार थप गर्ने र अर्को वर्ष उनी रियल जाने अनौपचारिक सम्झौता भएको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुजाता नेतृत्वको कांग्रेस प्रतिनिधिमण्डलद्वारा चिनियाँ नेताहरूसँग छलफल
-
एनआरएनए उच्चस्तरीय समितिको बैठक आह्वान
-
अमेरिकामा ट्रम्पसँग कुन प्रश्नको स्पष्ट उत्तर चाहन्छन् जेलेन्स्की ?
-
गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन
-
‘दुश्मन हेरेको हेरै...’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा