माओवादी बैठक
माओवादीद्वारा प्रदेश समन्वय समिति विघटन
सोमबार, २९ साउन २०८०, १४ : १५

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रदेश समन्वय समिति विघटन गर्ने निर्णय गरेको छ । साउन १७ देखि २१ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले प्रदेश समन्वय समिति विघटन गर्ने निर्णय गरेको हो ।
माओवादीका एक नेताका अनुसार विगतमा गठन गरिएको केन्द्रीय प्रदेश समन्वय समिति विघटन गरिएको जानकारी सहितको सर्कुलर मातहतका कमिटीमा पठाइएको छ ।
यस्तै प्रदेश इञ्चार्जहरुलाई अन्तर प्रदेश परिवर्तन गरिएको उनको भनाइ छ । स्थायी समिति सदस्य तथा केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्दा एउटै प्रदेशभित्र अन्तर जिल्ला परिवर्तन गरिने व्यवस्था गरिएको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : सदनमा लफडा, क्याम्पसमा तोडफोड
-
राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छ : अध्यक्ष भट्टराई
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम
-
आरआर क्याम्पसमा एमाले र समाजवादीबिच चुनावी तालमेल
-
स्ववियु निर्वाचन : विद्यार्थीहरू किन उत्रिए तोडफोडमा ?