९३ वर्षीया असक्तलाई घरमै नागरिकता प्रदान
भादगाउँ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले ९३ वर्षीया अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । प्रशासनले मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघर निवासी ९३ वर्षीया गङ्गालक्ष्मी श्रेष्ठलाई उनकै निवासमा नागरिकताको प्रतिलिपि प्रदान गरेको हो ।
विसं १९८६ भदौ ७ गते जन्मएकी श्रेष्ठले विसंं २०४४ फागुन ५ गते नागरिकताको प्रमाणपत्र लिएकी थिइन् । सो नागरिकता हराएपछि उनले एकाघरका परिवारमार्फत प्रशासनमा नागरिकताको प्रतिलिपिको लागि आवेदन दिएकी थिइन् ।
श्रेष्ठको स्थायी ठेगाना तत्कालीन बालकुमारी गाविस– ८ रहेको छ भने हाल उनी मध्यपुरथिमि–३ गठ्ठाघर बस्दै आएकी छन् । श्रेष्ठ स्वयम् कार्यालयमा उपस्थित भएर नागरिकताको लागि सनाखत गर्न नसक्ने भएकाले उनकै निवासमा पुगेर नागरिकता प्रदान गरेको सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।
नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्तालगायत राज्यले दिने अन्य सेवा सुविधाबाट समेत वञ्चित हुनुपर्ने अवस्था आउने भएकाले असाह्य, असक्त, दीर्घरोगी, शारीरिक अस्वस्थता र अपाङ्गगताका कारण प्रशासनमा उपस्थित हुन नसक्ने नागरिकलाई घरदैलोमा नै सरकारी सेवा उपलब्ध गराउने नीतिअनुरुप प्रशासनले त्यस्ता नागरिकलाई घरमै पुगेर नागरिकता प्रदान गर्दै आएको सहायक प्रजिअ निरौलाले बताए ।
श्रेष्ठलाई नागरिकता प्रदान गर्न सहायक प्रजिअ निरौलासहित नागरिकता फाँटका कर्मचारी श्रेष्ठ निवासमा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदमा मुख्यमन्त्रीलाई प्रश्नः फेवाताल मापदण्ड कहिले कार्यान्वयन हुन्छ ?
-
हत्यैहत्या र लासैलासको खातमा उभिने राजसंस्था अब फर्किँदैन- खगराज अधिकारी
-
ज्ञानेन्द्रले श्री ५ कै हैसियतमा ठग्दै हिँडे, अनुसन्धान गरेर कारबाही गर्नुपर्छ - डा. भट्टराई
-
यस्तो छ चलचित्र ‘वसन्त’को गीत ‘हेर्दै आँखामा’
-
सेलिब्रेटी र मोडलको एकसाथ क्याटवाकसँगै सकियो ‘आइइसी डिजाइनर रनवे’
-
यी हुन् तीनकुने घटनामा म्याद थप भएका ४१ प्रतिवादी (सूचीसहित)