लागुऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ । मोरङ र मकवानपुरबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाटबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ सय मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-८ बस्ने १९ वर्षीय सबिन विक समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटे र सोही उपमहानगरपालिका-१ लोकप्रिय मोडबाट अवैध लागुऔषधसहित ३ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
हेटौँडाबाट वीरगन्जतर्फ जाँदै गरेको बीआर ०५ एच ५११६ नम्बरको बोलेरो गाडीका चालक भारत घर भएका २१ वर्षीय सत्यम कुमार समेत २ जनालाई अवैध लागुऔषध गाँजा करिब ३ केजीसहित रातोमाटेबाट र हेटौँडा उपमहानगरपालिका-१८ हर्नामाणि बस्ने २९ वर्षीय भीम बहादुर घलानलाई उनकै घरबाट अवैध लागुऔषध चरेशजस्तो देखिने पदार्थ करिब ६० ग्राम बरामद गरी लोकप्रिय मोडबाट प्रहरीले पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारमाथि एक रनको रोमाञ्चक जित हासिल गर्दै हङ्कङ तेस्रो
-
अमेरिकी हवाई आक्रमण र गाजा युद्धको विरोधमा यमनमा हजारौँको र्याली
-
'बजेटबाटै सरकारले ५० अर्ब बजेट खर्च घटाउने रणनीति लिनुपर्छ'
-
विपद्को एक वर्ष : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
-
धनुषा र अछाममा एमाले जिल्ला अधिवेशन बाँकी
-
पेस्तोल र लागु औषधसहित भारतीय नागरिक पक्राउ