समाचार
अनितादेवीले लिइन् सामान्य प्रशासनमन्त्रीको शपथ
सोमबार, २९ साउन २०८०, १० : २८

काठमाडौँ । जनमत पार्टीकी सांसद अनितादेवी साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको शपथ लिएकी छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।
शपथ समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री प्रचण्ड, प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभाका अध्यक्षसहित सरकारका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो । माओवादी केन्द्रले अमनलाल मोदीलाई फिर्ता बोलाएर जनमतबाट अनितादेवी साहलाई मन्त्री बनाएको हो ।
यससँगै सरकारबाट एक पटक बाहिरिएको जनमतको पुनः इन्ट्री भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
सुनसरी गोली प्रहार घटनामा संलग्न तीन जना पक्राउ
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान