नक्कली भएको आरोपमा पक्राउ परेका सक्कली डाक्टर रिहा

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली प्रमाणपत्रको आधारमा काम गरेको आरोपमा पक्राउ गरेको एक जना चिकित्सक ‘सक्कली’ प्रमाणित भएपछि रिहा भएका छन् । साउन २५ मा ब्युरोले महोत्तरीको पिपरा–८ घर भएका डा. रञ्जित कुमार यादवलाई काठमाडौँबाट पक्राउ गरेको थियो ।
तर, डा. यादव सक्कली चिकित्सक भएको पुष्टि भएपछि रिहा गरिएको एसपी नवराज अधिकारीले रातोपाटीलाई जानकारी दिए । यसअघि नाम जुधेको आधारमा सीआईबीले डा. रञ्जितलाई पक्राउ गरेको भेटिएको मेडिकल काउन्सिलका रजिस्टार डा. कृष्ण प्रसाद अधिकारीले रातोपाटीलाई बताएका थिए । लगत्तै काउन्सिलले नाम जुधेका दुईजना मानिस अलग हुन भनेर पत्र लेखेर पठाएको थियो ।
डा. यादव र सीआईबीको खोजी सूचीमा रहेका अर्का चिकित्सकको बुवाको नामबाहेक अरु नाम थर मिलेको भेटिएको छ । उनी जनकपुरमा पढेका हुन् ।
ब्युरोले नेपाली कांग्रेसका सांसद सुनिल शर्मा सहित ८ जनालाई नक्कली प्रमाणपत्र लिएको आरोपमा पक्राउ गरेको थियो । शर्मालाई जिल्ला अदालतले तारेखमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनी रिहा भइसकेका छन् ।
यादव पनि रिहा भएपछि अब अरू ६ जना चिकित्सक सीआईबीको हिरासतमा छन् । सीआईबीको हिरासतमा शिक्षण अस्पतालमा कार्यरत डा. अमित चौधरी, डा. रामबाबु यादव, डा. एरिना शाह, ईशान बाल अस्पतालमा कार्यरत डा. श्रद्धा शिल्पकार, मोरङबाट पक्राउ गरिएका डा. मनित चौधरी र गोठाटारबाट पक्राउ परेकी डा. पुनम थापा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको मुद्दा लगातार चौथो पेसीमा, घलेले महाधिवेशन गराउन सक्लान् ?
-
राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली
-
आँखा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाएर अघि बढेका छौँ : स्वास्थ्यमन्त्री पौडेल
-
सर्वोच्च अदालतमा आज ४०५ वटा मुद्दाको पेसी, कसको इजलासमा कति मुद्दा ?
-
ट्रेड युनियन महासङ्घको अगुवाइमा पचास रोपनीमा अदुवाखेती
-
उपचार सिफारिस गरिएका कागजातमा चिकित्सकको पूर्ण विवरण उपलब्ध गराउन मन्त्रालयको निर्देशन