बराबरीमा रोकिए चेल्सी र लिभरपुल

लण्डन । प्रिमियर लिगको नयाँ सिजनमा चेल्सी र लिभरपुलबीचको खेल रोमाञ्चक बराबरीमा सकिएको छ । आइतबार साँझ भएको खेल १–१ को बराबरीमा टुङ्गिएपछि दुवै टोलीले अङ्क बाँड्न बाध्य बनेका हुन् ।
खेलको सुरुवातमा नियन्त्रण बनाएको लिभरपुलका लागि मोहमद शालाहको प्रहार पोस्टमा लागेको थियो । त्यसपछि उनैको पासमा लुइस डियाजले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए ।
नयाँ म्यानेजर माउरिसियो पोचेटिन्होको नेतृत्वमा पहिलोपटक प्रिमियर लिग खेलिरहेको चेल्सी त्यसपछि भने खेलमा फर्कियो । खेलको ३७ औँ मिनेटमा नयाँ खेलाडी एक्सल डिसासीले गोल गर्दै खेल बराबरी गरे ।
दुवै टोलीले त्यसपछि पनि गोलका लागि थुप्रै अवसरहरू सिर्जना गरे पनि विजयी गोल भने गर्न सकेनन् । लिभरपुलका गोलकिपर एलिसनले बेन चिलवेल र निकोलस ज्याकसनको प्रहार रोकेका थिए ।
आइतबार नै भएको अन्य खेलमा टोटनह्याम हटस्पर्स ब्रेन्टफोर्डसँग २–२ को बराबरीमा रोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको तुलनामा कम धान खरिद
-
ब्राजिलकी पूर्वराष्ट्रपति रुसेफ अस्पताल भर्ना
-
महाशिवरात्रिमा राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथको दर्शन
-
अखिल क्रान्तिकारीका अवकाश प्राप्त विद्यार्थी नेताहरूले पाए जिम्मेवारी (विवरणसहित)
-
नेपाल र म्यानमारबिचको खेल हेर्न रंगशालामा भिड (तस्बिरहरू)
-
मन्त्रीका स्वकीय सचिवको सुसाइड नोट, ‘गिरोहले अफवाह फैलाए, मलाई बदनाम गराए’