कागबेनीमा बाढी पस्यो
म्याग्दी । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीले यहाँको भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ । आइतबार साँझ आएको बाढीले यहाँका घर, सडक एवं सार्वजनिक भवनमा क्षति पुर्याएको हो ।
गाउँपालिकाको केन्द्रसमेत रहेको धार्मिकस्थल कागबेनीमा राति ८ बजे कागखोलामा आएको बाढी पसेर घर, सडक, सार्वजनिक भवन र पुलमा क्षति गरेको हो । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुरुङले करिब एक सय घरधुरी रहेको कोगबेनीको बीच बस्तीमा कागखोलाको बाढी पसेको जानकारी दिए ।
“राति ८ बजे कागखोलामा आएको बाढी बस्तीमा पसेर भागाभाग भएको छ”, उनले भने, “तीन वटा घर, तीन वटा पुल र सडक बगाएको छ । खोला आसपासका धेरै घरमा बाढी पसेको छ । स्थानीयवासीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेका छौँ । राति भएकाले सबै क्षतिको विवरण सङ्कलन गर्न सकिएको छैन ।”
मानवीय क्षति नभए पनि भौतिक संरचनामा धेरै क्षति भएको अध्यक्ष गुरुङले बताए । कागबेनीभन्दा केही माथि रहेको तिरिखोला थुनिएर बाढी आएको गाउँपालिकाले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, जनप्रतिनिधिहरु उद्धारमा परिचालन भएका छन् ।
खम्बा बगाएकाले विद्युत् सुविधा अवरुद्ध भएको छ । कागबेनी हुँदै उपल्लो मुस्ताङ जाने सडक अवरुद्ध बनाएको छ । सिँचाइको नहर, गुम्बामा पनि बाढीले क्षति गरेको छ । मुक्तिनाथबाट बगेर आउने कागखोला कागबेनीको बीच भागमा छ ।
कागबेनीको जनशान्ति माविका शिक्षक मनवीर किसानले कागबेनीको पूजास्थल, पुल बाढीले बगाएको र विद्यालयको खेलमैदानमा बाढी पसेको जानकारी दिए । करिब १५ मिटर कटान गरेर कागखोला विद्यालय नजिक पुगेको उनले बताए । बाढी आएपछि छात्राबासका शिक्षक विद्यार्थी सुरक्षित ठाउँमा गएर बसेको शिक्षक किसानले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौबिस वर्षदेखि वनपाखामा भेँडाबाख्रासँग रमाएका दुरजङ
-
बागमतीका ५ सहकारी ‘समस्याग्रस्त’ घोषित, कसको दायित्वमा कति रकम ?
-
प्रयागराज महाकुम्भमेला : धार्मिक पर्यटन प्रवर्द्धन गर्न उपयोगी
-
बाँकेमा भेटिए बीस प्रजातिका चरा
-
रुसी राष्ट्रपतिलाई ट्रम्पको चेतावनी-युक्रेन युद्ध समाप्त गर्ने कि आर्थिक दण्ड भोग्ने ?
-
पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, यी स्थानमा वर्षा र हिमपातको सम्भावना