पहिरोले मालढुङ्गा–बेनी सडक अवरुद्ध

पर्वत । छिमेकी जिल्ला म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ ।
पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा सडक माथिबाट ठूला ढुङ्गा र लेदोसहित खसेको पहिरोले आज दिउँसो ३ बजेदेखि सडक अवरुद्ध बनेको हो । निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
सडक खुलाउनका लागि जेसीभी र सुरक्षाकर्मी तयारी अवस्थामै रहे पनि वर्षा नरोकिएको र पहिरो खस्ने क्रम निरन्तर चलिरहेकाले तत्काल खुलाउन समस्या भइरहेको छ । वर्षा रोकिएपछि खुलाउन पहल गरिने प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिए ।
सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङदेखि छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन मिलनचोक र अन्यत्रबाट ती जिल्लाका लागि आएका सवारी साधन लस्तीबजारमा अलपत्र बनेका छन् । प्रहरीले उक्त बाटो सञ्चालन नहुने बेलासम्म छिमेकी बागलुङ जिल्लातर्फको सडक प्रयोग गर्न यात्रु तथा सवारी चालकलाई अनुरोध गरेको छ ।
यसैबीच निरन्तरको वर्षाले सबैभन्दा पहिलो नेपालकै अग्लो र लामो पुल नजिकै भासिएको छ । पर्वतको कुश्मा बजार र कटुवाचौपारी जोड्ने कुश्मा–ज्ञादी झोलुङ्गे पुलको कुश्मातर्फको भागमा भासिएको हो । पुलको फाउण्डेसन नजिकै भासिएपछि पुल जोखिममा परेको छ । वर्षा नरोकिएकाले तत्काल उक्त क्षेत्रको संरक्षणमा समस्या भइरहेको स्थानीयवासीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीमा उच्छृङ्खल गतिविधि गर्ने ५५ जना प्रहरीको पञ्जामा
-
सोल्मा वडाकप पुरूष फुटबलको उपाधि महादेवस्थानलाई
-
समाजवादीको राष्ट्रिय कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पूरा
-
१२ बजे, १२ समाचार : सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकैसाथ हेरिनेदेखि एनआरएनएको विवादास्पद कार्यक्रममा सांसदसम्म
-
सुनसरीमा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
-
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई पत्राचार