सिन्धुलीका पहिरो प्रभावित परिवारलाई सरकारले सात लाख दिने
आइतबार, २८ साउन २०८०, २० : ५३

सिन्धुली । सिन्धुली हरिहरपुरगढी गाउँपालिका वडा नं.१ ककरेका पहिरो प्रभावित परिवारलाई सरकारले ७ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
प्रभावित परिवारलाई आइतबार घरमै पुगेर भेटी बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले प्रभावित परिवारलाई केही दिनभित्र प्रदेश सरकारको तर्फबाट २ लाख रुपैयाँ र संघीय सरकारको तर्फबाट ५ लाख रुपैयाँ गरी जम्मा ७ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता गरेका हुन् ।
यही साउन २२ गते राति मकवानपुर जिल्ला, बागमती गाउँपालिका वडा नं। ५ सिक्रे दोभानको पहिरोमा परी दुई जनाको मृत्यु भएको थियो भने दुई जना अझै बेपत्ता रहेका छन् । पहिरोमा परी २३ वर्षीय शीला स्याङ्तान र ७ महिने शिशु दिव्या पहरीको मृत्यु भएको थियो । २६ वर्षीय जीवन पहरी र ३ वर्षे देव पहरी अझै बेपत्ता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक