प्रदेशका १३ अस्पतालमा बिरामी भर्ना सेवा निःशुल्क गर्न निर्देशन
मकवानपुर । बागमती प्रदेशका सबै प्रादेशिक अस्पतालहरुमा बिरामी भर्ना सेवा निःशुल्क हुने भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै निःशुल्क रुपमा बिरामी भर्ना गर्न अस्पतालहरुलाई निर्देशन दिएको हो । मन्त्रालयले भदौ १ गतेबाट लागू हुनेगरी नागरिकहरुको निःशुल्क भर्ना गर्न प्रदेश सरकार मतहातका १३ अस्पताललाई निर्देशन दिएको छ ।
योसँगै अब प्रादेशिक अस्पतालका क्याविन, एनआईसियू र आईसियू बाहेक अन्य सम्पूर्ण शैयाहरु निःशुल्क हुने भएको छ । गत साउन २२ गतेको मन्त्रीस्तरको निर्णय अनुसार मन्त्रालयले साउन २८ गते आइतबार सो सूचना जारी गरेको हो ।
उक्त निर्णय अनुसार प्रदेशका १३ जिल्लाका १३ प्रादेशिक अस्पतालका ८११ वटा शय्या नागरिकहरुका लागि निःशुल्क उपलब्ध हुने मन्त्री उत्तम जोशीले बताए । उनका अनुसार अस्पतालमा बिरामी भर्ना बाहेकका अन्य शुल्क भने सरकारले तोके अनुसार हुनेछ ।
त्यस्तै मन्त्रालयले भदौ १ गतेदेखि लागू हुने गरी प्रदेशभित्रका १३ वटा आयुर्वेद केन्द्रलाई पनि रिह्यावीटेसन सेवा र फिजियोथेरापी सेवा निःशुल्क गर्न निर्देशन दिएको छ ।
त्यसैगरी प्रदेशका सरकारी, निजी, सहकारी र सामुदायिक अस्पतालहरुलाई सामाजिक सेवा इकाई स्थापना गरी विपन्न, असहाय तथा बेवारिसे बिरामीको उपचार व्यवस्थित गर्न मन्त्रालयले निर्देशन जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गाको टुङ्गो छैन, प्रादेशिक संरचना निर्माणका लागि बर्सेनि बजेट विनियोजन
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
रक्तअल्पताबाट जोगाउन किशोरीहरूलाई विद्यालयमा नै आइरन चक्की
-
‘सतीदेवी’सहित तीन फिल्म विशेष घोषित
-
परराष्ट्रमन्त्री राणा आज चीन भ्रमणमा जाँदै
-
माओवादीको आधार क्षेत्र नलगाडमा कसले मार्ला बाजी ?