सुन तस्करीमा सरकारको नियतमाथि प्रश्न उठ्यो : कमल थापा

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सुन तस्करी प्रकरणमा नेकपा माओवादी नेता कृष्ण बहादुर महराका बाबु छोराको संलग्नताबारे सप्रमाण तथ्य सार्वजनिक हुँदा समेत छानबिनको घेरामा नआउनुले प्रधानमन्त्री र गृहमन्त्रीको नियतमाथि पनि प्रश्न उठ्नु स्वभाविक भएको बताएका छन् ।
पार्टी निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को जिम्मेवारी हस्तान्तरण कार्यक्रममा बोल्दै थापाले भ्रष्टाचार नियन्त्रणमा गृहमन्त्रीको प्रशंसा भइरहँदा यो प्रश्नको निराकरण आवश्यक भएको बताए ।
अध्यक्ष थापाले पोखरा पृथ्विचौकस्थित पृथ्वीनारायण शाहको सालिक हटाउनु गलत भएको बताए । उनले सम्बन्धित निकायले समन्वय गरी पृथ्विचौकमा राष्ट्रनिर्माताको र उपयुक्त ठाउँमा सहिद लखन थापाको सालिक राख्ने व्यवस्था गर्नुपर्ने बताए ।
सो अवसरमा संगठनका अध्यक्ष हिक्मतजंग भण्डारीले ट्रेड यूनियन महासंघ नेपाल (टुकोन)को बर्दिया जिल्ला संयोजकमा महेश थारु र निर्माण श्रमिक अध्यक्षमा काशी चौधरी मनोनयन भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते