सिम्रिक एयरले उड्डयन प्राधिकरणलाई तिर्यो ५५ लाख बक्यौता
आइतबार, २८ साउन २०८०, १८ : २१

काठमाडौँ । निजी हवाई सेवा कम्पनी सिम्रिक एयरले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई तिर्न बाँकी ५५ लाख रुपैयाँ बक्यौता तिरेको छ ।
प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै सिम्रिक एयर प्रा.लि.ले आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्मको तिर्न बाँकी कूल ५५ लाख १२ हजार ११२ रुपैयाँ १६ पैसा रहेकोमा कम्पनीले साउन २८ गते सम्पूर्ण बक्यौता रकम चुक्ता गरेको जनाएको हो ।
यसअघि कम्पनीले बाँकी बक्यौता नतिरेपछि प्राधिकरणले एक हप्ताको समय दिँदै साउन २१ गते कम्पनीलाई पत्र पठाएको थियो । पत्र पाएको ठिक एक हप्तामा कम्पनीले प्राधिकरणको सम्पूर्ण बक्यौता रकम भुक्तान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोर्स गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि वीरेन्द्रनगर तनावग्रस्त
-
पौडी खेल्ने क्रममा तीन बालक दानव नदिमा बेपत्ता
-
श्रेयज सुवेदीको कथा सङ्ग्रह 'बहुरूपी' सार्वजनिक
-
विवाह बन्धनमा बाँधिइन् ट्वाइलाइट अभिनेत्री क्रिस्टन
-
झारखण्डमा ८ संदिग्ध माओवादी मारिएको प्रहरीको दाबी
-
काठमाडौँ उपत्यका विकास प्राधिकरण अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा