रमेश लेखकले भने – दलको बैठकमा अहिले सरकार फेर्ने र ढाल्ने कुरा छैन
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अहिले सरकार फेरबदलबारे कुनै कुरा नभएको बताएका छन् । शुक्रबारदेखि जारी संसदीय दलको बैठकपछि आइतबार पत्रकारहरुसँग बोल्दै उनले अहिले कांग्रेस सरकार फेरबदलको पक्षमा नरहेको बताएका हुन्।
‘अहिले हामीबीच सरकार बदल्ने, फेर्ने र ढाल्ने कुरा भएको छैन’, उनले भने, ‘भोलि सम्पन्न हुने संसदीय दलको बैठकबाट केही महत्वपूर्ण निर्णय हुन सक्छ।’ तीनमा सरकार फेरबदलको विषय नपर्ने उनको भनाइ छ । उनले शुक्रबार र आइतबार गरेर दलको बैठकमा अहिलेसम्म ५० जना सांसदहरुले बोलिसकेको बताए ।
‘आज पनि बोल्ने क्रममा जारी छ। भोलि पनि ११ बजे फेरि बस्छौँ’, भोलि संसदीय दलको बैठकबाट केही महत्वपूर्ण निर्णय पारित गर्छौँ,’ उनले भने, ‘कुरा धेरै विषयमा उठेको छ। सबै विषयहरुलाई समेटेर निर्णय पारित गर्छौँ।’
कांग्रेस बैठकमा सांसदहरुले सुन तस्करीमा उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने आवाज उठेको छ । आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरोही कान्छा शेर्पालाई एभरेष्ट टुरिजम लाइफटाइम एचिभमेन्ट अवार्ड
-
क्यान्सरविरुद्धको सबै एचपीभी खोप ल्याइयो
-
खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
-
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको घटनाप्रति कांग्रेसको निन्दा
-
१० बजे १० समाचार : रिहा भए रवि, राष्ट्रपतिलाई मनाउन प्रमको फोन
-
अध्यादेशले तरंगित राजनीति, एकैसाथ जुर्मुराए सरकार र प्रतिपक्ष