रोनाल्डोको हातमा १२ करोडको घडी

काठमाडौँ । समकालीन विश्व फुटबलका महान खेलाडी हुन्, क्रिस्टियानो रोनाल्डो । पोर्चुगलका ३८ वर्षीय यी स्ट्राइकरले विश्वका चर्चित क्लबहरुबाट ब्यवसायिक फुटबल खेलेर आफ्नो उत्कृष्टता सिद्ध गरिसकेका छन् । पोर्चुगलको स्पोर्टिङ सीपीको सिनियर टोलीबाट ब्यवसायीक खेलजीवनमा ‘डेब्यू’ गरेका रोनाल्डोले त्यसयता इङ्ल्यान्ड, स्पेन र इटालीका चर्चित क्लबहरुबाट आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन् । उनले लामो समय म्यानचेस्टर युनाइटेडबाट खेले ।
त्यसपछि उनी स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडमा आबद्ध भए । नौ वर्ष रियल म्याड्रिडमा बस्दा उनले क्लबलाई थुप्रै महत्वपूर्ण सफलता दिलाए । रियल म्याड्रिडमा लामो समय बिताएपछि उनी इटालियन क्लब युभेन्ट्सतिर लागे । तीन वर्ष युभेन्ट्समा बिताएर उनी फेरि म्यानचेस्टर युनाइटेड फर्किए । अहिले उनी साउदी अरेबियाको क्लब अल—नासरमा आबद्ध छन् । साउदी लिग खेल्न उनी कीर्तिमानी रकममा अल-नासरमा आबद्ध भएका हुन् ।
यतिबेला उनी साउदी लिगका सबैभन्दा प्रभावशाली खेलाडी हुन् । साउदी अरेबियामा उनको जीवन शैली पनि भब्य छ । उनको हरेक सुविधामा साउदी सरकारले विशेष ध्यान पुर्याएको छ । उनी विश्व खेलकुदकै सर्वाधिक कमाउने खेलाडीको सूचिमा पनि अग्रस्थानमा पर्छन् । उनले हालै साउदीस्थित आफ्नो निवासको कौशीमा बसेर कुनै तातो पेय पदार्थ पिउँदै गरेको तस्बिर सार्वजनिक गरे । उनले आफ्नो उक्त तस्बिर सामाजिक सञ्जाल ईन्स्टाग्राममार्फत सार्वजनिक गरेका थिए । तस्बिरमा उनले बायाँ हातले मग समातेको देखिन्छ ।
रोनाल्डोको त्यो तस्बिर सार्वजनिक भएपछि अरु कुराले भन्दा पनि उनले आफ्नो बायाँ हातमा लगाएको घडीले धेरैको ध्यान तान्यो । सामान्यजस्तै देखिए पनि रोनाल्डोले लगाएको त्यो नाडी घडी मूल्यको हिसाबले निकै विशेष थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार, रोनाल्डोले लगाएको निलो रङको घडी बनाउन सुनको प्रयोग गरिएको छ । त्यो घडी ‘ज्याकोब एन्ड को’ कम्पनीले तयार पारेको हो । उक्त घडीको मूल्य सात लाख ५० हजार ब्रिटिस पाउण्ड (करिब १२ करोड ६५ लाख ४४ हजार नेपाली रुपैयाँ) पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविको मुद्दा : उच्च अदालतको आदेशको पत्र जिल्ला अदालत पुग्यो
-
गाजामा इजरायली आक्रमणको विरोधमा मोरक्कोको राजधानीमा विरोध प्रदर्शन
-
अमेरिकी भन्सार नीतिले विश्वव्यापी व्यापारमा बाधा पुर्याउँछः तान्जानियाली विश्लेषक
-
सङ्घको लक्ष्य १६ लाख, कोशी प्रदेशकै १० लाख !
-
कोशीमा पर्यटन प्रवर्द्धनका आधार के हुन् ?
-
‘एक पालिका एक पर्यटन पहिचान’ बनाऔँ