‘घर ज्वाइँ’मा दयाहाङ र मिरुनाको जोडी

काठमाडौँ । हिट फिल्म ‘जारी’को जोडी अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर ‘घर ज्वाइँ’मा देखिने भएका छन् । निर्माण युनिटले फिल्ममा दयाहाङ र मिरुना जोडीकै रुपमा देखिने जानकारी दियो ।
अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको फिल्मको मुख्य भूमिकाका लागि एक महिना अगाडि दयाहाङ अनुबन्धित भएपनि मिरुना भर्खर छानिएकी हुन् । फिल्मका लागि बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वान्देल, राज थापा पनि छनौटमा परेका छन् ।
आगामी माघबाट छायांकनमा निस्कने फिल्मको निर्माता जनक घर्ती मगर हुन् । निर्माता मगरले फिल्मको मुख्य भूमिकामा रहने कलाकार लगभग फाइनल भएको बताए ।
जिएम मुभी प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्ममा निर्देशक मगरसहित विनोद खतिवडा र सुभाष कोइरालाको लेखन रहेकोछ । रुकुममा छायांकन हुने फिल्मको कथा घर ज्वाइँको रहेको छ । फिल्म वितरण रोहित–रत्नको आरआर फिल्म्सले गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम