उड्नैलागेको विमानमा चरा ठोक्किएपछि...
आइतबार, २८ साउन २०८०, १५ : ०४

ढाका । बंगलादेशको राजधानी ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा उड्नलागेका दुई वटा विमानमा चरा ठोक्किएपछि उडान अवरुद्ध भएको छ । तर मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन् ।
राष्ट्रिय ध्वजावाहक विमान बंगलादेश एयरलाइन्सको ब्यांकक उड्नलागेको विमानमा चरा ठोक्किएपछि एउटा टायर फुटेर उडान अवरुद्ध भएको उक्त विमानका एक जना वरिष्ठ चालकलाई उद्धृत गर्दै दैनिक समाचारपत्र डेली स्टारले जनाएको छ । यात्रुहरूलाई वैकल्पिक व्यवस्था गरेर ब्यांकक पठाइएको थियो ।- (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौरी पालेर वार्षिक आठ लाखभन्दा बढी आम्दानी
-
सिंहदरबारमा मेलम्चीको खानेपानी जडान गरिँदै
-
पहलगाम हमला : नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी
-
भुवनेश्वर कुमार बने आईपीएलमा दोस्रो सर्वाधिक विकेट लिने बलर
-
जेएनयू विद्यार्थी संघ चुनाव: अध्यक्ष सहित तीन पदमा वामपन्थी विजयी
-
क्यानडामा कारले ठक्कर दिँदा मृत्यु हुनेको संख्या ११ पुग्यो