सुनील शर्माबारे ओली : यस्ता कुरामा के देश छोडेर जाला ?
आइतबार, २८ साउन २०८०, १३ : ५९
१

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नक्कली शैक्षिक प्रमाणपत्र छानबिनका नाममा पक्राउ परेका कांग्रेस सांसद सुनील शर्माको बचाउमा उत्रेका छन् । आइतबार पार्टी कार्यालयमा एमालेले गरेको पत्रकार सम्मेलनमा उनले शर्माको बचाउ गर्दै के सुनील शर्मा देशै छोडेर जान लागेका थिए र ? भन्दै प्रश्न गरे ।
उनले शर्माबारे आफूले छानबिन हुनुपर्दैन नभनेको पनि बताए । ‘छानबिन नगर भनेको त होइन, तर अदालतले त तुरुन्छ छोडनु भन्यो त । समाउनै नहुने थियो’, ओलीको भनाइ छ । उनले एउटा सांसदलाई कार्यकर्ताबाट उजुरी हलाएर गिरफ्तार गरिएको पनि बताए ।
‘के सुनील शर्मा जस्तो हस्पिटल चलाएको सांसद यस्ता कुरामा देश छोडेर जाला ? अनि हतारहतार उसलाई गिरफ्तार गरेर उसलाई कारबाही गर्नुपर्ला ?’, ओलीको प्रश्न छ । शर्मालाई प्रहरीले बिहीबार पक्राउ गरेर शुक्रबार छाडेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित सहरीकरण विश्वमै समस्या : परराष्ट्रमन्त्री
-
मुसोलिनीबाट जोगिन पोप फ्रान्सिसका हजुरबा र हजुरआमा गएका थिए इटाली छोडेर अर्जेन्टिना
-
फौजदारी अभियोगमा सजाय पाएका कर्मचारी पेन्सन सुविधाबाट वञ्चित हुनु हुँदैन : सांसद दिलेन्द्रप्रसाद बडू
-
चैत मसान्तसम्म भन्सार विन्दुबाट तीन खर्ब ४३ अर्ब राजस्व संकलन
-
ट्यारिफको पीरले डीएचएलले रोक्यो अमेरिकामा उच्च मूल्यका सामानको डेलिभरी
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक