ओली भन्छन्– ३३ किलो सुनबारे सरकारले छानबिन गर्न सक्छ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ३३ किलो सुन प्रकरणमा भएको अनुसन्धानमा सरकारलाई चित्त नबुझे थप छानबिन गर्न सक्ने बताएका छन् ।
आइतबार एमाले पार्टी कार्यालय च्यासलमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार बन्नुभन्दा पहिला नै ३३ किलो सुन आएको बताए । ‘हाम्रो सरकार बन्नुभन्दा अघि उताबाट सुन आउने र उता जाने भएको रहेछ’, ओलीले भने, ‘हामीले छानबिन समिति बनायौँ, त सुन भेटिएन । केही मानिस पक्राउ परेका छन् र उनीहरूमाथि कारबाही पनि भइरहेको छ ।’
‘उनीहरूमाथि छानबिन समिति बनाएर कानुनको कठघरमा ल्यायौ । सरकारलाई चित्त बुझेको छैन भने अझै त्यस विषयमा थप छानबिन गरोस्’, ओलीको भनाई छ । उनले नेकपा एमालेलाई सरकारमा जाने चिन्ता नभएको भन्दै चिन्ता देशको रहेको बताए । ‘अहिले देशको अवस्था कुन अवस्थामा छ ?’, ओलीको प्रश्न छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरी बल पर्साको १८ औं वार्षिकोत्सव
-
गभर्नर नियुक्तिमा उमेर हद र गुणाकरविरुद्धको निवेदन पेसी सूचीको ४० औँ नम्बरमा
-
दुई खर्ब बढीको पेट्रोल आयात, यी हुन् सबैभन्दा बढी आयात हुने वस्तु
-
पाकिस्तानी टोलीले भारतमा महिला विश्वकप नखेल्ने
-
दुई नयाँ पोस्टरमा यस्तो देखियो ‘महाभोज’
-
‘नरसिंहा अवतार’ मेरो बोर्ड परीक्षा हो– अभिनेता रमेश