खल्ती मार्फत ‘रोड टु ग्लोबल ई स्पोर्ट्स गेम्स क्वालिफायर’को रजिष्ट्रेसन गर्न सकिने
काठमाडौँ । खल्तीले ई स्पोर्ट्स गेमिङप्रति बढ्दो रुचिलाई मध्यनजर गर्दै नेसा र ग्लोबल इस्पोर्ट गेम्सको सहकार्यमा ‘रोड टु ग्लोबल ई स्पोर्ट्स गेम्स क्वालिफायर’ गेमिङ्ग टुर्नामेंटको रजिष्ट्रेसन सुविधा उपलब्ध गराउने भएको छ। सो रजिष्ट्रेसन सुविधा यही श्रावण २४ देखि श्रावण ३० गते सम्मको लागि उपलब्ध हुनेछ।
श्रावण ३० देखि सुरु हुने यस टुर्नामेंटमा डोटा २, पब जी, स्ट्रिट फाईटर र ई फुटबल गरी चारवटा गेमहरू रहेका छन्। ई स्पोर्ट्स गेमिंगमा रुचि भइका र खेल्न इच्छुक सि सुकैले पनि खल्ती मार्फत रजिस्ट्रेसन गरी निशुल्क सहभागिता जनाउन सक्नेछन्| प्रतियोगीहरले गेमको नियमहरुमा सिमित रहेर प्रतिस्पर्धा गर्नेछन्। सहभागी मध्ये डोटा २ र पब जी तर्फ १ -१ टिम साथै स्ट्रिट फाईटर र ई फुटबल तर्फ १ - १ प्रतिस्प्रधि नेसनल क्वालीफायरका बिजेता बन्नेछन्। क्वालीफायरका बिजेताहरू साउदी अरेवीयामा हुने अन्तराष्ट्रिय ई स्पोर्ट्स गेमिंग टुर्नामेंटमा सहभागी हुने अवसर प्राप्त गर्नेछन्।
यस बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “हामीले ‘खल्ती’ लाई डिजिटल वालेटको रूपमा मात्र नभएर ट्रेन्डि र लाइफ स्टाइल ब्रान्डको रूपमा प्रस्तुत गर्दै आईरहेका छौं । हामीले आफ्ना प्रयोगकर्ताहरुलाई आफ्नो प्रतिभा र क्षमता प्रस्तुत गर्न विभिन्न कार्यक्रमहरुको रजिष्ट्रेसन सुबिधाहरू पनि उपलब्ध गराउदैँ आएका छौँ, त्यसै अनुरुप हामीले यस ई-स्पोर्ट्स गेमिंगको दर्ता सेवा उपलब्ध गराएका हौँ। यस सुविधाले खल्ती प्रयोगकर्ताहरूमा थप उत्साह प्रदान गर्ने कुरामा हामी विस्वस्त छौँ “
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभापति पोखरेलका स्वकीयको ठगी : चेकको अर्धकट्टीमा भुक्तानी लिएको भन्दै हस्ताक्षर !
-
लोकेन्द्र तामाङको 'कति राम्रो चालमाला' सार्वजनिक
-
म्याग्दीको रत्नेचौरका तोरीबारीमा टिकटिक बनाउने भीड
-
ऋषिकेश पोखरेलको नियतमै शंका !
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् राशिफल
-
माओवादी केन्द्रको केन्दीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा