बिक्रीको चाप बढेपछि पहिलो कारोबारको दिन नै घट्यो घोराहीको मूल्य
आइतबार, २८ साउन २०८०, १२ : ५४
१
![बिक्रीको चाप बढेपछि पहिलो कारोबारको दिन नै घट्यो घोराहीको मूल्य](https://rpcdn.ratopati.com/media/albums/Nepal_Stok_exchange_nepse_kONCD2YSWm.jpg)
काठमाडौँ । घोराही सिमेन्टको कारोबार मूल्यमा ८.५६ प्रतिशतको गिरावट आएको छ । आजदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारमा आएको घोराहीको मूल्य पहिलो दिन नै घटेको हो ।
समाचार तयार पार्दासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४८ रुपैयाँले घटेको छ । आजदेखि कारोबार सुरु भएको घोराहीको पहिलो कारोबार प्रतिकित्ता ५६५ रुपैयाँमा सुरु भएको थियो । हालसम्म प्रतिकित्ता ५१७ रुपैयाँमा आइपुगेको नेप्सेले जनाएको छ ।
नेप्सेमा घोराहीको सेयर गत साताको विहीबार सूचीकृत भएको थियो । कम्पनीको ३ करोड ९७ लाख १९८ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
दशौँ राष्ट्रिय खेलकुद : भारात्तोलन र जुडोका खेलाडी छानिए
-
फेरि बढ्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गर्मी बढेसँगै धरहरा चढ्ने समय बढ्यो
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप