वन डढेलो व्यवस्थापनमा सामुदायिक वन सक्रिय
कपिलवस्तु । गर्मीयाम सुरु भएसंगै आगलागीका घटना बढ्ने सम्भाबनालाई मध्यनजर राख्दै यतिवेला यहाँका सामुदायिक वनहरु वन डढेलो ब्यवस्थापनमा सक्रिय हुन थालेका छन् ।
प्रत्येक वर्ष सामुदायिक वनहरुमा आगलागीका घटना बढ्न थालेपछि त्यसलाई रोकथामको प्रभावकारी उपाए के हुन सक्छ ? कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्दै सामुदायिक वन उपभोत्ता समितिहरु एक आपसमा छलफल, गोष्टी, अन्र्तकृया, ¥यालि लगाएतका कार्यहरु गर्न र भएका कार्यक्रममा सक्रियताका साथ उपस्थित हुने गरेका हुन् ।
जिल्ला वन कार्यालय कपिलवस्तुले यतिवेला वन डढेलो ब्यवस्थापन जनचेतना सप्ताह मनाईरहदा सामुदायिक वनहरुको सक्रियताले पनि यो कुरा पुष्टि गरेको छ । गोरुसिङ्गे ईलाका वन कर्यालयले बुधवार गरेको वन डढेलो ब्यवस्थापन जनचेतना सम्बन्धी ¥यालिमा उल्लेखिय सामुदायिक वनहरुको उपस्थिति रहेको थियो ।
सो ईलाका अन्र्तगत पर्ने २० भन्दा बढि सामुदायिक वनका उपभोत्ता समिति पदाधीकारी, उपभोत्ता र वन कर्मचारी गरी आठ सय जना बढिको उपस्थितिमा बृहत ¥यालि गरीएको छ । गोरुसिङ्गे ईलाका वन कर्यालयलबाट सुरु भएको वन डढेलो ब्यवस्थापन जनचेतना सम्बन्धी ¥यालि विरपुर, पुरेना, पथ्थरकोट डोहोटे,पडरिया,भर्लावास,जिनुवा,चौहवा हुदै पुनः गोरुसिङ्गे गएर सम्मन्न भएको थियो । कार्यक्रममा बोल्ने अधिकांशले वन डढेलो पछिल्लो समय चुनौतिको रुपमा आएको बताएका थिए ।
डढेलो ब्यवस्थापनमा उपभोत्तालाई जागरुप गराउदा त्यो प्रभावकारी हुने कुरामा जोड दिएका थिए । सामुदायिक वनहरुले डढेलो नियन्त्रणका लागी वर्षेनी ठुलो रकम खर्च गर्दै आएको तर उपलब्धी खासै नदेखिएको बताउदै यसमा वन कार्यालयको पनि सहयोग हुनुपर्नेमा जोड दिएका थिए ।
सरेपानि सामुदायिक वन उपभोत्ता समिति अध्यक्ष गीर बहादुर गुरुङ्गले भन्नुभयो, – ‘वनमा आगलागी भएमा धेरै क्षति हुन्छ त्यसैले सबै उपभोत्ता सचेत हुनुपर्छ’ । सो अवसरमा मन्तब्य राख्दै गोरुसिङ्गे ईलाका वन कर्यालयलका प्रमुख विरेन्द्र यादवले वन डढेलो ब्यवस्थापनमा सामुदायिक वनहरुको सक्रियताको खुलेर प्रशम्सा गर्नुभयो । उहाँले भन्नुभयो,–‘वन हामी सवैको हो त्यसलाई जोगाउन पर्छ भन्ने सन्देश उपभोत्तामा समेत पु¥याउन आवश्यक छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाबुरामलाई गंगाको प्रश्न : माओवादी कसरी दुस्मन शक्ति भयो ?
-
झुलाघाट नाका पुनः सञ्चालनमा
-
सोमपालले नै दिलाए नेपाललाई तेस्रो सफलता
-
बाबुरामलाई राष्ट्रपति दिएको भए १५ दिनमा पार्टी एकता हुन्थ्यो : यादव
-
तत्काल ‘वामपन्थी एकता’ नदेख्ने ओलीको ३१ पन्ने प्रतिवेदन
-
तीन हप्ताको अल्टिमेटम दिँदै केसीले दिए सत्याग्रहको चेतावनी