लुम्बिनी प्रदेशसभाको सचिवमा पुनः दुर्लभकुमार पुन नियुक्त
आइतबार, २८ साउन २०८०, १२ : ३५

बुटवल । लुम्बिनी प्रदेशसभाको सचिवमा पुनः दुर्लभकुमार पुन नियुक्त भएका छन् । सभामुख तुलाराम घर्ती मगरको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आज पुनलाई नियुक्त गरेका हुन ।
नेपालको संविधानको धारा १९५ बमोजिम प्रदेश प्रमुख शेरचनले पुनलाई नियुक्ति गरेका हुन । यस अघि पुनले ५ वर्ष प्रदेश सभा सचिवालयको जिम्मेवारी सम्हाली सकेका छन् ।
सुदूरपश्चिम प्रदेशको कैलालीमा जन्मिएका पुन माओवादी जनयुद्धमा ५ वर्ष भूमिगत हुँदै राजनीतिकमा सक्रिय थिए ।
४८ वर्षीय पुन नेपाल ल क्याम्पसबाट कानुन विषयमा स्नातकोत्तर राजनीति शास्त्रमा पनि स्नातकोत्तर उर्तिण गरेका छन् । उनी ६ वर्ष कानुन व्यवसायमा संलग्न रहेका पुनसँग पत्रकारिताको पनि अनुभव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
तीनकुने घटनामा संलग्न कसैलाई पनि छोड्नु हुँदैन : शेरबहादुर देउवा
काठमाडौं विश्वविद्यालयमा अखिल (क्रान्तिकारी) को प्रदर्शन
तीन सातादेखि नागढुंगा सुरुङमार्गमा स्थानीयको अवरोध, निर्माण ठप्प
शिक्षकहरुको आन्दोलनमा माओवादी केन्द्र बागमती प्रदेशको ऐक्यबद्धता
तीनकुने घटनाको न्यायिक छानबिन गर्न माग
नेपालको समावेशिता र शान्तिपूर्ण रूपान्तरणको यात्रा विश्वकै लागि उदाहरणीयः सभामुख