कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ । उत्तरपुस्तिका परीक्षण सकेर कम्प्युटरमा डाटा इन्ट्री गराउने काम पनि अन्तिम चरणमा पुगेको छ ।
सम्पूर्ण कार्य सकेर अब प्राविधिक टिमसँग छलफल गरेर नतिजा प्रकाशनबारे निर्णय गरिने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बताए ।
‘लगभग सबै कुरा सकिएको छ । अब टेक्निकल कुरा बाँकी छ । टेक्निकल कुरा हेरेर निर्णय गर्छौ । शैक्षिक क्यालेण्डरमा यो महिनाको अन्तिम भित्रमा नतिजा प्रकाशन गर्ने भन्ने पनि छ । त्यही भएर यो महिनाभरमा निकाल्छौं ।’ उनले भने ।
प्राविधिक टिमसँग सल्लाह गरेर कुनै समस्या नआउने यकिन भएको खण्डमा बोर्ड बैठक बसेर नतिजा प्रकाशनबारे निर्णय गरिने अध्यक्ष शर्माले बताए ।
गत वैशाख २६ देखि जेठ ५ गतेसम्म लिइएको परीक्षामा ४ लाख ६७ हजार ३८९ जनाले परीक्षा दिएका थिए । जसमा ५६ हजार विद्यार्थीले ग्रेड बृद्धिका लागि परीक्षामा सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलमानलाई फेरि ज्यान मार्ने धम्की, कारलाई बमले उडाउने सन्देश
-
रोजगार श्रृङ्खलामा काम गर्ने प्रतिबद्धतासहित श्रममन्त्रीले दिए नयाँ वर्षको शुभकामना
-
१६ बैंकले ब्याजदर यथावत् राख्दा तीन बैंकले घटाए, एउटाको बढ्यो
-
च्यासलमा एमाले सचिवालय बैठक जारी
-
भारतमा लुक्दा प्रसाईंले भेटे हिन्दुवादी अगुवा र बाबा
-
कांग्रेसले महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाबारे छलफलपछि मात्रै निर्णय लिने