मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णालीका स्वतन्त्र सांसद शाही कांग्रेसमै फर्किए, आफू सक्कली कांग्रेस भएको दाबी

प्रदेश सभामा कांग्रेस सांसदको सङ्ख्या १५ पुग्यो
आइतबार, २८ साउन २०८०, ०८ : ५६
आइतबार, २८ साउन २०८०

सुर्खेत । कर्णाली प्रदेशका स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही पार्टीमा फर्किएका छन् । पार्टीले कारबाही फुकुवासँगै केन्द्रीय कमिटीले अनुगमन गरेसँगै शाही नेपाली कांग्रेसमै फर्किएका हुन् ।

शनिबार कांग्रेस जुम्ला कमिटीले शाहीलाई स्वागत गरेको थियो । जुम्ला निर्वाचन क्षेत्र (क) बाट निर्वाचित उनी प्रदेश सभा निर्वाचनमा पार्टीले टिकेट नदिएपछि स्वतन्त्र भएर चुनाव लडेका थिए । उनले कांग्रेसकै प्रदेश सभापति ललितजंग शाहीलाई नै पराजित गरेका थिए । 

प्रदेश सभापति शाहीले उनलाई पार्टीमा ल्याउनै चाहेका थिएनन् । यद्यपि सांसद शाही भने आफू जुम्लामा सक्कली कांग्रेस भएको र आफ्नो रगतमा पनि कांग्रेस नै भएको बताउँदै आएका थिए । रातोपाटीसँग कुरा गर्दै शाहीले आफू सधैँ कांग्रेस भएकोले र कारबाही फुकुवासँगै पार्टीमा फर्किएको जानकारी दिए । 

साथै उनले चुनावको बेलामा आफूलाई पार्टीले अन्याय गरेको बताए । ‘म सँग जनमत टन्नै थियो तर, पार्टीले अन्याय गरेपछि विद्रोह गर्नुपरेको थियो,’ उनले भने,‘चुनाव जितेर विद्रोहको औचित्य पनि त पुष्टि गरे नि !’ 

साथै उनले चुनावताका आफूले कांग्रेस त्यागेको नभई पार्टीले अन्याय गरेको कारण बाध्य भएर स्वतन्त्र उम्मेदवार भएको भनेर भोट मागेको पनि बताए ।

जुम्लामा संस्थापन पक्षबाट प्रदेश सभापति शाही र इत्तरपक्षबाट सांसद शाहीको आन्तरिक लडाइँ हुने गरेको छ । 

सांसद शाही पार्टीमा फर्किएसँगै प्रदेश सभामा कांग्रेस सांसदको सङ्ख्या १५ पुग्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?