दुई लाख युवालाई रोजगारी दिने योजना छ : मुख्यमन्त्री चौधरी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले युवा परिवर्तनका संवाहक भएको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश युवा परिषदले रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री चौधरीले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले दुई लाख युवालाई रोजगारीमा जोड्ने लक्ष्य लिएको समेत बताए । उनले युवालाई रोजगारी सिर्जना गर्ने काममा सरकारले सहयोग गर्ने र त्यसको लागि प्रस्ताव पत्र बनाएर ल्याउन आग्रह गरे।
युवालाई उद्यमशिलता र उत्पादनलाई कसरी ब्राण्डिङ गर्ने भन्ने विषयमा चिन्तन गर्न आग्रह गर्दै यसले रोजगारीका लागि पलायन भइरहेको युवा जनशक्तिलाई रोक्न सकिने बताए ।
नेपालको उत्पादन विश्वबजारमा पुर्याउन सकिने बताउँदै चौधरीले उत्पादनलाई ब्राण्डिङ र मार्केटिङ गर्न प्रदेश सरकारले सहयोग गर्ने बताए । सरकारले नीतिगत रुपमा उत्पादन क्षेत्रलाई प्रोत्हासन गर्ने वातावरण तयार पार्ने समेत उनले बताए ।
लुम्बिनी प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री वसिउद्धिन खाँणले प्रदेशमा समग्र जनसंख्याको ५० प्रतिशतभन्दा बढी युवा जनशक्ति रहेको बताउँदै युवाको भविष्य अघि बढाउन नीतिगत रुपमा सहयोग गनुपर्नेमा जोड दिए ।
प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष गोविन्दबहादुर खत्रीले युवालाई उद्यमशिलतामा जोड्नुपर्ने र नेपाली उत्पादनलाई ब्राण्डिङ गर्नुपर्ने बताए । युवा उद्यमीलाई परिषदको साथ रहने र सरकारको तर्फबाट पनि पूर्ण सहयोग रहनुपर्ने उनको भनाइ थियो ।
‘दिगो विकासको लक्ष्य प्राप्तिमा युवाको साथ, नवप्रवर्तन र उद्यमशिलतामा हरित सीप विकास’ भन्ने नारा सहित मनाइएको अन्तर्राष्ट्रिय युवा दिवस कार्यक्रममा युवा उद्यमशिलता विकासमा योगदान गरेका प्रदेशका १५ जना उद्यमी तथा संस्थाहरुलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेलेन्स्कीले भने-‘हामी शान्ति चाहन्छौं तर देशै सुम्पिन सक्दैनौं’
-
भेपको अवैध कारोबार गरी कर छल्ने चार जनाविरुद्ध मुद्दा दायर
-
अर्घाखाँचीको धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’