नेपालको शिक्षामा मैथिली भाषाको भूमिका
यो लेखले नेपालकको शिक्षामा मैथिली भाषाको भूमिकाको विश्लेषण गर्ने प्रयास गरेको छ । मैथिली भारतीय आर्यभाषा परिवारको एउटा स्वतन्त्र र सम्पन्न भाषा हो । यो भाषा विशेष गरेर दक्षिण एसियाका दुई घनिष्ठ देश नेपालको तराई र भारतको बिहार राज्यको पूर्वी तथा उत्तरी क्षेत्रमा बोलिन्छ ।
नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मैथिलीभाषीको जनसंख्या ३२ लाख २२ हजार ३८९ (मधेस प्रदेशमा मैथिलीभाषीको संख्या २५ लाख ५१ हजार ९१७) रहेको छ । यो जनसंख्या नेपालको कुल जनसंख्याको ११.०५ प्रतिशत हो । यसरी हेर्दा मैथिली भाषा तराईको परिप्रेक्ष्यमा पहिलो र राष्ट्रिय स्तरमा ४४.८६ ले बोलिने नेपाली भाषापछिको दोस्रो ठूलो भाषाको रूपमा स्थापित भएको छ । नेपाल र भारतमा मैथिलीभाषीको अनुमानित तथ्याङ्कको आधारमा मैथिली भाषा विश्वमा बोल्ने भाषामध्ये ४४औँ स्थान ओगटेको छ ।
मैथिली मौखिक र लिखित दुवै परम्परामा समृद्ध छ । नेपाल र भारत दुवै देशमा शिक्षा क्षेत्रमा विद्यालयदेखि विश्वविद्यालयसम्म मैथिलीको पठनपाठन ऐच्छिक विषयको रूपमा भइरहेको छ । नेपालमा मातृभाषामा आधारित बहुभाषिक शिक्षा कार्यक्रमअन्तर्गत शिक्षामा गुणात्मक अभिवृद्धिका लागि प्राथमिक शिक्षा र वयस्क साक्षरता तहमा केही अन्य भाषा (जस्तै : मैथिली)लाई शिक्षाको माध्यमका रूपमा कार्यान्वयन गर्ने नीति र कार्यक्रम कार्यान्वयन गरिएको छ ।
नेपालमा मैथिली भाषाको स्थान र प्रयोगको निर्धारण गर्नका लागि विभिन्न संवैधानिक र कानुनी प्रावधानको व्यवस्था गरेको छ । नेपालको संविधान (१९९० ई.) मा प्रत्येक नेपाली नागरिक आफ्नो मातृभाषामा प्राथमिक शिक्षा प्राप्त गर्ने मौलिक अधिकारको सुनिश्चित गरेको छ ।
राष्ट्रिय भाषा निति सुझावको प्रतिवेदन (१९९४ ई.) मा संक्रमणकालीन बहुभाषी शिक्षाको आवश्यकताको उल्लेख गरेको छ ।
शिक्षाका लागि राष्ट्रिय प्रतिवेदन (सन् २००४–२०१५) र स्कुल क्षेत्र सुधार कार्यक्रम (सन् २००९–२०१५) मा पनि मातृभाषाका माध्यमबाट आधारभूत शैक्षिक क्षमता हासिल गर्नका लागि देशमा बहुभाषिक शिक्षाको समर्थन गरेको छ ।
नेपालको अन्तरिम संविधान (२०६३) मा प्राथमिक शिक्षामा सबै मातृभाषा र राष्ट्रिय भाषा सुरु गर्ने प्रावधान उल्लेख थियो । यो प्रावधानका अनुसार, मातृभाषामा आधारित बहुभाषिक शिक्षा कार्यान्वयन दिशानिर्देश (सन् २०१०) मा प्राथमिक शिक्षामा मातृभाषा लागू गर्नका लागि रणनीतिक सुझाव दिन सूचना प्रकाशित गरिएको थियो ।
एक अनुसन्धान अनुसार, मैथिलीभाषीलाई यो प्रश्न सोधिएको थियो : तपाईंहरू आफ्नो बालबालिकाको पढाइका लागि स्कुलमा माध्यम भाषाका रूपमा कुन भाषालाई प्राथमिक दिनुहुन्छ ?
यो प्रश्नको उत्तरमा आएको प्रतिक्रियाहरू तल तालिकामा प्रस्तुत गरिएको छ । यो प्रश्नको प्रतिक्रिया जम्मा ७२ वटा भाषासूचकबाट लिइएको थियो ।
प्राथमिक तहमा भाषा प्रयोगको अवस्था
उपर्युक्त तालिकामा हेर्ने हो भने युवाभन्दा वयस्क र वृद्धमा मातृभाषाप्रति बढी आकर्षण देखिन्छ । तथापि युवा यसको विरुद्धमा लागेको देखिँदैन ।
नेपालमा मैथिली भाषाको प्रयोग औपचारिक र अनौपचारिक शिक्षा दुवैमा प्रयोग भएको देखिन्छ ।
मैथिलीभाषी क्षेत्रका केही सामुदायिक विद्यालय र विश्वविद्यालयमा मैथिली ऐच्छिक विषय (हाल केही स्थानीय तहले माध्यम भाषाका रूपमा मातृभाषा शिक्षामा काम अगाडि बढाएको देखिन्छ, जसमध्ये बोदे बर्साइन नगरपालिकाको काम अन्तिम चरणमा पुगेको सूचना प्राप्त भएको छ) का रूपमा विभिन्न शैक्षिक स्तरमा प्रयोग भइरहेको छ ।
माथिको वृक्षरेखामा हेर्ने हो भने नेपालमा दुई प्रकारको शैक्षिक स्तर छ, विद्यालय शिक्षा र विश्वविद्यालय शिक्षा । विद्यालय शिक्षाअन्तर्गत दुई तह छन् : आधारभूत तह र माध्यमिक तह । त्यसैगरी विश्वविद्यालय शिक्षाअन्तर्गत तीन तह छन् — स्नातक, स्नातकोतर र विद्यावारिधि ।
विद्यालय शिक्षामा आधारभूत तह
आधारभूत तहमा ऐच्छिक विषयको रूपमा मैथिलीको प्रयोग भएको पाइन्छ । पाठ्यक्रम विकास केन्द्र कक्षा १ देखि ५ सम्म मैथिलीको पाठ्यपुस्तक प्रकाशित गरेको छ । यो सामग्रीको सूची निम्न प्रकार छन् :
पाठ्यक्रम विकास केन्द्रको निर्देशन अनुसार प्राथमिक तहमा मैथिली भाषा पढाउनुको निम्न उद्देश्य छन् :
१) पत्र, शब्द, वाक्य र संख्या ज्ञानको साथसाथै भाषा कौशलको विकास गर्न ।
२) आफ्नो भाषा, संस्कृति, समाज, देशको साथसाथै विदेशको पनि जानकारी प्राप्त गर्न ।
३) मैथिली भाषा, मानव जीवन, साहित्य, संस्कृतिको साथसाथै विज्ञानसँग सम्बन्धित विषय, पत्र र दैनिक जीवनको केही महत्त्वपूर्ण ज्ञान प्राप्त गर्न ।
पाठ्यसामग्रीमा पत्र, संवाद, चित्र, शब्द अभ्यास, अंक संख्या, कविता, निबन्ध, कथा, पत्रलेखन, लिपि अभ्यास, जीवनी आदिको अभ्यास सामेल गरिएको छ ।
पुस्तकको अभ्यासमा संक्षिप्त प्रश्न र व्याकरणसम्बन्धी प्रश्न समावेस गरिएको छ । जस्तो : रिक्त स्थान भर्नु, वाक्य निर्माण, रूपान्तर, सर्वनामको प्रयोग, शब्द मिलान, सत्य–असत्य, पत्र लेखन, शब्दको सही उच्चारण, रचना, लिंग परिवर्तन, मामला आदि ।
प्राथमिक पठन सामग्रीको मूल्यांकनबाट पत्ता लागेका केही कमजोरी लिखित छन् ।
१) सामग्रीहरू पाठ्यपुस्तकको उद्देश्यसँग मेल खाएको देखिँदैन । किनकि सम्बन्धित सामग्री सही तरिकाले उल्लेख भएको छैन ।
२) पुस्तकको लेआउट र कभर पृष्ठ उपयुक्त छैन । कभर पृष्ठ आकर्षक देखाउन रंगीन हुनु जरुरी छ ।
३) आम रूपमा पाठ्य पुस्तकमा मैथिलीभाषी क्षेत्रको सांस्कृतिक पहलू हुनुपर्छ । ताकि छात्रछात्रालाई यो सामग्रीका बारेमा बुझ्न कुनै कठिनाइ नहोस् ।
४) यो पाठ्यसामग्रीमा पाठको आधारमा प्रशस्त उदाहरण र अभ्यास छैन ।
५) यो पाठ्यसामग्री विकलांग, तेस्रोलिंगी छात्रको हितलाई मध्येनजर गरेर तयार पारिएको छैन ।
६) यो पाठ्यसामग्री मैथिली बोल्ने विभिन्न भाषिकालाई अपनत्व महसुस हुने गरी निर्माण गरेको देखिँदैन ।
तसर्थ यो पाठ्यसामग्री सबै मैथिली मातृभाषीको आवश्यकता र पाठ्यक्रमको उद्देश्यको अनुकूल बनाउनु आवश्यक छ । तथापि कमजोरीका बाबजुद पनि यो मातृभाषा शिक्षाका लागि स्वागतयोग्य कदम हो ।
मैथिलीमा सन्दर्भ सामग्रीको रूपमा ‘किस्सा पिहानी’ (कहानी संग्रह) छ, जसको उद्देश्य मैथिलीभाषी विद्यार्थीलाई अन्य तथ्यसँग परिचित गराउनु हो । यो सामग्री मैथिली पाठ्यपुस्तकमा समावेश गरिएको छैन ।
माध्यमिक तह
माध्यमिक तहमा मैथिली एउटा वैकल्पिक विषयको रूपमा समावेश गरिएको छ । तथापि मैथिली र गणित दुई विषयमा एउटा छनोट गर्नुपर्ने विकल्पका कारण विद्यार्थीले गणित छनोट गर्न बाध्य छन् । किनकि बिनागणित अगाडिको शैक्षिक तहमा पढ्न कठिन हुन्छ भन्ने चिन्ता विद्यार्थीले गरेका हुन्छन् । पाठ्यक्रम विकास केन्द्र कक्षा ९ र १० का लागि मैथिली पाठ्यपुस्तक प्रकाशित गरिएको छ । यो पठन सामग्री यस प्रकार छन् :
यो पाठ्यपुस्तको मुख्य उद्देश्य मैथिली भाषाको माध्यमबाट विभिन्न विधा (इतिहास, संस्कृति, रीति–रिवाज, परम्परा, चाडपर्व आदि)का बारेमा ज्ञान प्रदान गर्नु हो ।
यो पठन सामग्रीमा प्रासंगिक जानकारीको अभाव रहेको छ । किनकि यो मैथिली समुदायसँग सम्बन्धित सबै संस्कृति, रीतिरिवाज, परम्परा, धर्म र चाडपर्वलाई समेट्न सकेको छैन । शिक्षार्थीलाई आफ्नो संस्कृति अनुरूप यो सामग्रीलाई अरू राम्रो बनाउन आवश्यक छ ।
त्यसैगरी, मैथिली एउटा वैकल्पिक विषयको रूपमा कक्षा ११ र १२ मा पनि समावेश गरिएको छ । यो पाठ्यक्रमको मुख्य उद्देश्य मातृभाषाको विद्यार्थीलाई साहित्यिक ज्ञान प्रदान गर्नु हो । कक्षा ११ मा व्याकरण, रचना, लिपि र कहानीको सामान्य परिचय रहेको छ तथा कक्षा १२ मा मैथिली कविता, नाटक आदि समावेश गरिएको छ । केही पाठ्य सामग्री यस प्रकार छन् :
विश्वविद्यालय शिक्षाअन्तर्गत तीन तह छन् — स्नातक, स्नातकोतर र विद्यावारिधि ।
स्नातक : मैथिली स्नातक तहमा एउटा वैकल्पिक विषयको रूपमा समावेश छ । तर विद्यार्थीको रुचि मैथिलीभाषाप्रति अपेक्षाकृत त्यति राम्रो देखिँदैन । त्यसको प्रमुख कारण भनेको विद्यार्थीलाई लाग्छ कि मैथिली पढ्दा हाम्रो भविष्य राम्रो हँुदैन । यो पाठ्यक्रमको उद्देश्य भाषाको क्षेत्रको विभिन्न ज्ञान प्रदान गर्नु रहेको छ ।
स्नातकोत्तर : मानविकी संकायमा स्नातकोत्तर तहमा मैथिली ऐच्छिक विषयको रूपमा समावेश गरिएको छ । यो पाठ्यक्रमको मुख्य उद्देश्य मैथिली भाषा र साहित्यमा कुशल जनशक्ति उत्पादन गर्नु हो । यो पाठ्यक्रममा मैथिली साहित्यिक इतिहास, भाषाविज्ञान एवं मैथिली भाषा, काव्यशास्त्र एवं समीक्षा सिद्धान्त, मैथिली पद साहित्य र मैथिली नाट्य साहित्य (पहिल वर्ष), मैथिली निबन्ध र गल्प साहित्य, मैथिली साहित्य, शोधप्रविधि, संस्कृत, प्राकृत र अबहट्ठ, मैथिली लोकसाहित्य, विश्व साहित्य, मैथिली साहित्य निबन्ध र शोधपत्र समावेश गरिएको छ ।
विधावारिधि : यसको अतिरिक्त, विद्यावारिधि तहमा पनि मैथिलीको प्रयोग भइरहेको छ । त्रिभुवन विश्वविद्यालयमा केही शोध प्रबन्ध यस प्रकार छन् ।
अनौपचारिक शिक्षामा भाषाको प्रयोग
अनौपचारिक शिक्षा कार्यक्रमको तहत मैथिलीको भूमिका कमजोर रहेको देखिन्छ । बहुत कम पाठ्यसामग्री उपलब्ध रहेको छ ।
अनौपचारिक शिक्षाको मैथिलीमा ‘हमर यात्रा’को नामले एउटा सामग्री तयार गरेको देखिन्छ । तर यो सामग्री मात्र सीडीका रूपमा उपलब्ध छ । यो सामग्रीको अतिरिक्त, युनेस्कोले पनि साक्षरता कार्यक्रमका केही पाठ्य सामग्री तयार गरेको छ ।
समस्या र चुनौती
यसरी हेर्दा नेपालको शिक्षामा मातृभाषाको प्रयोग गर्ने कार्य एउटा धेरै चुनौतीको विषय हो । चुनौतीलाई बुँदागत रुपमा यसरी हेर्न सकिन्छ ।
१) मैथिली पढ्ने सामग्रीमा पर्याप्त उच्चारण, शब्दावली र व्याकरणको अभ्यास त्यति छैन ।
२) मैथिली शिक्षक र त्यसको प्रशिक्षणको अभाव छ । मैथिली भाषा पढ्ने अधिकांश विद्यार्थीलाई अप्रशिक्षित शिक्षकले पढाइरहेका छन् ।
३) मातृभाषामा आधारित शिक्षा सफलतापूर्वक लागू गर्न केन्द्रीय तथा जिल्ला तहमा निगरानी र मूल्यांकन गर्ने कुनै मापदण्ड छैन ।
४) पाठ्यक्रम र पाठ्यपुस्तकको विकास गर्दै वितरण गर्न तथा मैथिली शिक्षक भर्ती गर्न पर्याप्त बजेटको अभाव छ ।
५) विशेष रूपमा प्राथमिक तहमा मातृभाषामा आधारित शिक्षकको प्रभावकारिताका बारेमा जानकारी दिन मैथिली बोल्ने बच्चाका आमाबुवामा प्रशिक्षण कार्यक्रमप्रति जानकारीको अभाव छ ।
निष्कर्ष तथा सिफारिस
नेपालको शिक्षामा मैथिली भाषाको प्रचार र विकासका लागि निम्न लिखित सिफारिस प्रस्तुत गरिएको छ :
१) पाठ्यपुस्तक निर्माणमा स्थानीय विषयवस्तुको समावेश गर्नु जरुरी देखिन्छ ।
२) मैथिलीभाषी समुदायको आफ्नो मातृभाषाको महत्त्व युवा पिँढीलाई बुझाउन आवश्यक छ ।
३) स्थानीय आवश्यकताको सम्बोधन गर्नु उपयुक्त पाठ्यसामग्री तयार गर्न र संस्कृति, परम्परा र ज्ञान समावेश गर्नका लागि मातृभाषामा अनौपचारिक शिक्षा कार्यक्रम चलाउन आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी हिरासतमा सुतिरहेका रविको फोटो खिचेर भाइरल बनाउने निकोलस काठमाडौंबाट पक्राउ
-
१० बजे १० समाचार : रविलगायत विरुद्ध ४२७ पृष्ठ लामो अभियोगपत्र दायरदेखि सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र असन्तुष्टिसम्म
-
फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित
-
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबिच सेयर प्रत्याभूति सम्झौता
-
लक्ष्मी सनराइज बैंक र आईएफसीबिच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्ने बारे साझेदारी
-
ताली बजाएर र भाषण गरेर मात्रै क्रिकेटको विकास हुँदैन : अध्यक्ष चन्द