सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेसले ‘पोलिसी ह्याकाथन’ कार्यक्रम आयोजना गर्दै

शनिबार, २७ साउन २०८०, १५ : ३२
शनिबार, २७ साउन २०८०

काठमाडौँ । नेपाली कांग्रेसले ‘पोलिसी ह्याकाथन’ कार्यक्रम आयोजना गर्ने भएको छ । शनिबार कांग्रेस केन्द्रीय कार्यालयले पत्रकार सम्मेलन गरी सो कार्यक्रमको आयोजना गर्न थालिएको जानकारी दिएको हो ।

सो प्रतियोगितामा भाग लिनेहरुले गिग इकोनोमी र क्लाइमेट एक्सन (जलवायु कार्य) सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुपर्नेछ । त्यसका सहभागीहरुले विभिन्न मुद्दाहरुलार्य सम्बोधन गर्ने र नेपालमा गिग अर्थतन्त्रको लागि अगाडि बढ्ने तरिकाहरुसहितको नीतिगत अवधारण पेश गर्नुपर्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

त्यस्तै जलवायु परिवर्तनका जोखिमलाई न्युनीकरण गर्न, यसका बाधाहरु पार गरेर प्रभावकारी कार्यान्वयन गर्न के कस्ता नीतिगत खाडल छन् र  कस्ता रणनीतिहरु बढाएर नेपालले जलवायु वित्त पहुँच बढाउन सक्छ ? भन्ने विषयलाई पनि अवधारणापत्रमा समेटिनुपर्ने जनाइएको छ  ।

कार्यालयले प्रतियोगितामा दुई चरण हुने जनाएको छ  । त्यसका लागि शनिबार खुलाइएको छ भने भदौ ३ गते १ बजे आवेदन दिने मिति सकिनेछ । त्यस्तै भदौ ५ गते फाइनलका १० टोली छनोट गरिने  र भदौ ९ गते कांग्रेस केन्द्रीय कार्यालयमा फाइनल कार्यक्रम हुने आयोजक पक्षले जनाएको छ । नीतिपत्र ३ हजारदेखि ५ हजार शब्दको बीचमा तोकिएको ढाँचामा हुनुपर्ने जनाइएको छ । 

आयोजकका अनुसार प्रथम विजेताले रु ३ लाख, दोश्रो हुनेले १ लाख ५० हजार र तेश्रो विजेताले ५० हजार रुपैयाँको पुरस्कारको व्यवस्था गरिएको छ ।    प्रतियोगितामा छानिएका शीर्ष तीन टोलीको नीतिपत्र र उत्कृष्ट विचारहरू नेपाली कांग्रेसको संसदीय दलको बैठकमा छलफल हुने समेत आयोजक पक्षले जनाएको छ ।

ttttt-003

ttttt-002ttttt-001

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप