पश्चिम भारतमा सडक दुर्घटनामा परी १० जनाको मृत्यु
शनिबार, २७ साउन २०८०, १३ : ३६

नयाँदिल्ली । भारतको पश्चिमी गुजरात राज्यमा शुक्रबार भएको सडक दुर्घटनामा तीन बालबालिका र पाँच महिलासहित १० जनाको मृत्यु भएको छ । साथै अन्य १३ जना घाइते भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।
राज्यको अहमदाबाद जिल्लाको बाभला(बगोदरा राजमार्गमा यात्रुवाहाक गाडी रोकी राखेको ट्रकसँग ठोक्किएपछि सो दुर्घटना भएको हो।
पीडितहरू नजिकैको जिल्लामा धार्मिक कार्यक्रममा सहभागी भई फर्कने क्रममा दुर्घटनामा परेका थिए । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सो दुर्घटनामा ज्यान गुमाउनेप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले प्रत्येक मृतकका आफन्तलाई दुई लाख भारतीय रुपैया र प्रत्येक घाइतेलाई ५० हजार भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसद्वारा केन्द्रीय समिति बैठक आह्वान
-
जिब्रो छेड्ने जात्रा (तस्बिरहरु)
-
एमालेभित्रको विवाद : विराटनगरमा पनि दुई प्यानल
-
कडा आन्दोलन गर्ने लघुवित्त तथा सहकारी पीडितको चेतावनी
-
नेप्से परिसूचक २७.१४ अंकले वृद्धि, कारोबार रकम पनि वृद्धि
-
अमेरिका र बेलायतबीच सम्झौताको सम्भावनाबारे के भन्छन् जेडी भान्स ?