५२ लाख नक्कली नोट : कमजोर गुणस्तर भनेर बुटवलबाट ३५ लाख फिर्ता

काठमाडौँ । काठमाडौँको नागढुंगा चेकप्वाइन्टमा पर्यटक बस चेकजाँज गर्दा भेटिएको ३५ लाख ७३ हजार नेपाली नक्कली रुपैयाँ बुटवलबाट ‘फिर्ता’ आएको थाहा भएको छ । बिहिबार लु.१ प। ५ नम्बरको बस चेकजाँच गर्दा चाउचाउको काटुर्नमा नगद भेटिएको थियो ।
बुटवलबाट अपरिचित मानिसले ‘अचार हो, काठमाडौँ लगिदिनु’ भनेर पठाएको बस चालकको बयानका आधारमा प्रहरीले ५२ लाख ७५ हजार नक्कली रुपैयाँ बरामद गरेको छ ।
नक्कली रुपैयाँ भक्तपुरको चाँगुनारायण नगरपालिका–४ बुढाथोकी गाउँमा छापेर गिरोहले बुटवल पठाएका हुन् । अनुसन्धानमा संलग्न एकजना अधिकृतकाअनुसार ‘कमजोर गुणस्तर भयो’ भन्दै बुटवलबाट सो नगद काठमाडौँ फिर्ता गरिएको थियो । फिर्ता पठाएको नगद बरामद गरेपछि प्रहरी नक्कली नोट छाप्ने कारखानासम्म पुग्न सफल भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीकाअनुसार नोट कारोबारमा संलग्न ९ जना पक्राउ परेका छन् । नक्कली नोट कारोबार गर्ने मुख्य आरोपित अर्जुन सुवेदी हुन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ घर भएका सुवेदीले यसअघि ७ पटक ठगी, आपराधिक लाभ र बैंकिङ कसुरमा सजाय भोगेको प्रहरीको रेकर्डबाट देखिएको छ ।
नक्कली नोटबारे प्रहरी वृत्त थानकोटका इन्स्पेक्टर रामप्रसाद सापकोटा नेतृत्वको टिमले अनुसन्धान गरेको थियो । नोट कारोबारमा संलग्न आरोपमा पर्नेमा सिन्धुपाल्चोक घर भएका अर्जुन सुवेदी, सुशील कार्की, शिव भण्डारी, मिलन भण्डारी, कृष्ण भण्डारी, झापा घर भएका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासी घर भएकी पार्वती नेपाली छन् ।
नोट छाप्ने समूहले १ लाख सक्कली रुपैयाँ लिएर ३ लाख नक्कली रुपैयाँ बेच्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृतकाअनुसार भारतमा पनि नेपाली नक्कली रुपैयाँ पठाउने गरिन्थ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुपदार्थ दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ : मुख्यमन्त्री कार्की
-
मेगा सर्भिस क्याम्प २०२५ सम्पन्न
-
जोमसोम बजार जोगाउन धमाधम तटबन्धन गरिँदै
-
नेपाली नक्कली नोटसहित सर्लाहीबाट ५ जना पक्राउ
-
५ जना मृत अवस्थामा फेला
-
नेविसंघ इकाई उपसभापति बस्नेतले दिए नेपाल कमर्स क्याम्पसबाट स्वतन्त्र उम्मेदवारी