बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

लापसे गरी सवारी चलाउने ३ जना पक्राउ, नियमविपरीत सवारी चलाउने ४१ जना कारबाहीमा

शुक्रबार, २६ साउन २०८०, २१ : ०४
शुक्रबार, २६ साउन २०८०

काठमाडौँ । काठमाडौँको नागढुङ्गामा शुक्रबार गरिएको लागु पदार्थ सेवन (लापसे) चेकिङका क्रममा ३ जना चालकलाई  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

नियन्त्रणमा आउनेमा बागमती प्रदेश ०३–००१ च ०७८० नम्बरको पिकअप चालक रौतहटको चन्द्रनिगाहपुर नगरपालिका ६ का २६ वर्षीय सदाम मिया अन्सारी, ना ६ ख ९६ ०१ नम्बरको बस चालक तनहुँको भानु नगरपालिका ५ का ३८ वर्षीय सुरेन्द्र लामा र ना ४ ख २ २१ नम्बरको ट्रक चालक नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोती नगरपालिका १६ का २ वर्षीय अजय विष्ट रहेका छन् । 

तिन जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलीले आज‍ २५ वटा सवारी साधनका चालकलाई चेक गर्दा ३ जना भने ‍लागुपदार्थ सेवन गरी  सवारी साधन चलाएको अवस्थामा फेला परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । 

यस्तै थानकोट र नागढुङ्गामा शुक्रबार नै गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नराखी सवारी चलाउने ४१ जना चालकलाई कारबाही गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप