एमालेले आवेगमा संसद् अवरुद्ध गर्यो : महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिपक्ष एमालेले आवेगमा संसद् अवरुद्ध गरेको टिप्पणी गरेका छन् ।
शुक्रबार पुरुष–परीक्षा पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै शर्माले प्रतिपक्ष नेकपा एमालेले आवेगलाई निषेध गरी विवेक प्रयोग गरे भोलि नै अवरुद्ध संसद् खुल्ने बताए ।
उनले संसदमा प्रतिपक्षले उठाएका मागमा सत्तापक्ष बहस गर्न तयार रहेको बताए । शर्माले प्रतिपक्षले उठाएको गम्भीर प्रश्नलाई सत्ताले राम्रोसँग ग्रहण गरेको बताए ।
उनले भने,‘नेपाली समाजमा हामी अलि बढी आवेगमा छौँ । हित र अहितलाई बुझ्ने विवेक हो तर विवेकलाई भन्दा पनि आवेगलाई बढी प्राथमिकता दिएका छौँ । अहिले काँग्रेस र एमाले गठबन्धनमा छैनौँ । गठबन्धन भयो भने केपी कमरेडका साराकुराहरु राम्रा देख्न थाल्ने र गठबन्धनमा छैनौँ भने सारा कुरा नराम्रो देख्ने हुन्छ । तर हरेक कुरालाई वस्तुगत भएर हे¥यो भने सबैकुरा सकारात्मक हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ बस्तुमाथि ट्रम्पले लगाए १०४ प्रतिशत आयातकर, एकै पल्ट ६० देशलाई तनाव
-
चैते दसैँमा कालिका भगवती मन्दिरमा रु ४२ लाख भेटी सङ्कलन
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल
-
बंगालको खाडीबाट जलवास्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षाको सम्भावना
-
स्वास्थ्य बीमा अन्तर्गत झापा सबैभन्दा धेरै बीमित भएको जिल्ला
-
च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा आर्सनल विजयी, रियाल मड्रिड ३-० ले स्तब्ध