सुन तस्करीको सत्य बाहिर आउने डरमा सरकारले संसदमा एमालेलाई बोल्न दिएन : ओली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुन तस्करीको सत्य बाहिर आउने डरमा सरकारले संसदमा आफ्नो पार्टीलाई बोल्न नदिएको आरोप लगाएका छन् ।
कांग्रेस सांसद सुनिल शर्मालाई सुन तस्करीबारे बोलेपछि सरकारले पक्राउ गरेको जिकिर गर्दै ओलीले आफ्नो पार्टीका सांसदहरुलाई पनि बोल्न नदिन कांग्रेस सांसदहरु संसद् बैठकमा उठ्न थालेको दाबी गरेका हुन् ।
शुक्रबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै उनले सरकार आफैँ सो प्रकरणमा संलग्न रहेकाले उसले सत्य बाहिर आउने डरले यसबारे बोल्ने जो कोहीलाई पनि सांसद शर्मालाई जस्तै हत्कडी लगाइदिने चेतावनी दिएको बताए ।
अध्यक्ष ओलीले भारतले पनि सो सुन प्रकरणबारे गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै त्यसको सत्य पत्ता लगाउने काममा आफ्नो पार्टी लागि परेको बताए ।
उनले भने, ‘ सुन तस्करी काण्डमा प्रतिपक्ष बोल्छ भनेर सत्तापक्षले प्रतिपक्ष बोल्न थालेपछि महाभारतको युद्धमा असोस्थाले बोलेपछि त्यही गर्छ, अहिले सत्तापक्ष हामीले उठेर बोल्न थालेपछि सबै उठेर नगरा बजाएर त्यो सत्य उजागर होला भनेझैँ पहिला बोल्दै दिँदैन । व्यवधान गर्छ ।’
अध्यक्ष ओलीले आफूले जतिसुकै राम्रो काम गरेपनि हमला हुने गरेको गुनासो समेत गरे । राजनीति सबै नीतिको मूल नीति भएकाले आफूले सत्य उजागर गर्ने कुरालाई भने नछोडने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुल र पोरेल चम्किएपछि आईपीएलमा दिल्लीको शानदार जित
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ